८ वैशाख २०८१ शनिबार
खेल

किर्गिस्तान र श्रीलंका पाँचौं स्थानका लागि खेल्दै

नेपालमा जारी काभा महिला भलिबल च्यालेन्ज कपमा किर्गिस्तान र श्रीलंकाले पाचौं स्थानका लागि प्रतिस्पर्धा गर्दै छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बिहीबार सम्पन्न प्लेअफको पहिलो खेलमा किर्गिस्तानले माल्दिभ्स तथा दोस्रो प्लेअफमा श्रीलंकाले बंगलादेशलाई पराजित गर्दा दुई टोलीको भिडन्तले पाँचौं स्थान तय हुने भएको हो। पाँचाैं स्थानका लागि शनिबार खेल हुनेछ। प्लेअफअन्तर्गत बिहीबार भएको पहिलो खेलमा किर्गिस्तानले माल्दिभ्समाथि ३–० को सहज जित दर्ता गरेको हो। सुरुआतमा नै माल्दिभ्समाथि हाबी हुँदै खेल प्रदर्शन गरेको किर्गिस्तानले पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको थियो। दोस्रो सेट पनि २५–२० तथा तेस्रो सेट २५–१५ ले आफ्नो पक्षमा पार्दा सोझो सेटमा जित निकाल्न सफल भएको हो।  

प्रतियोगिताअन्तर्गत बिहीबार नै भएको दोस्रो प्लेअफमा श्रीलंकाले बंगलादेशलाई पनि ३–० को सोझो सेटमा पराजित गर्दै किर्गिस्तानसँगको भेट पक्का गरेको हो। एकपक्षीय खेलमा श्रीलंकाले बंगलादेशमाथि पहिलो सेट २५–१६ ले आफ्नो बनाएको थियो। दोस्रो सेटमा पनि २५–१५ को सहज जित निकालेको श्रीलंकाले तेस्रो सेट २५–७ आफ्नो बनाएको थियो। यससँगै छैटौं र सातौं स्थानका लागि प्रतिस्पर्धा गर्ने टोलीको पनि टुङ्गो लागेको छ। यस स्थानका लागि माल्दिभ्स र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ।  

प्रतियोगिताअन्तर्गत शुक्रबार नै उज्बेकिस्तान र भारतबीच पहिलो सेमिफाइनल खेल हुनेछ। यो खेल शुक्रबार दिउँसो साढे दुईमा हुनेछ। नेपाल र काजकस्तानबीच दोस्रो सेमिफाइनल साँझ ५ बजे हुनेछ। विजेताका बीचमा आइतबार फाइनल खेल हुनेछ। नेपाल घरेलु कोर्टमा च्याम्पियनमा ह्याट्रिक गर्ने लक्ष्यमा रहेको छ। 

प्रकाशित: १२ जेष्ठ २०८० ०२:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App