शहिद स्मारक ए डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटीले त्रिभुवन आर्मी क्लब हराएको छ।
दशरथ रंगशालामा आज भएको खेल एनआरटीले आर्मीलाई १-० गोलले पराजित गरेको हो। एनआरटीको जितमा कृतिस रत्न छुन्जुले गरेको गोल नै निर्णायक गोल बन्यो। एनआरटी २१ खेलमा २६ अंकका साथ तालिकाको छैठौ स्थानमा रहेको छ । आर्मीले २१ खेलमा २९ अंक जोडेको छ ।
प्रकाशित: १० जेष्ठ २०८० २०:१८ बुधबार