१४ असार २०८३ आइतबार
image/svg+xml
समाज

ब्राउन सुगरसहित दुई जना पक्राउ

कोशी प्रदेश प्रहरीको लागुऔषध विरुद्धको महाअभियानअन्तर्गत आज दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूका साथबाट प्रहरीले चार ग्राम ११० मिलिग्राम ब्राउन सुगर र बेवारिसे अवस्थामा १२० किलो गाँजा बरामद गरेको छ।  

प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका इलाम चुलाचुली गाउँपालिका ३ का २६ वर्षीय विवेक राईलाई दुई ग्राम ८२० मिलिग्राम ब्राउन सुगर र इलाका प्रहरी कार्यालय लौकही र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका इटहरी उपमहानगरपालिका १७ कान्छीचोकका २५ वर्षीय निशान कार्कीलाई एक ग्राम २९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो। 

त्यस्तै, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोली र अस्थायी प्रहरी पोस्ट जोरसखुवाबाट खटिएको संयुक्त प्रहरी टोलीले धरान उपमहानगरपालिका २० च्यानडाँडा सिरान सामुदायिक वन क्षेत्रबाट बेवारिसे अवस्थामा कालो प्लास्टिकमा प्याक गरिएको १२० केजी गाँजा बरामद गरेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले बताए।   

प्रकाशित: १३ असार २०८३ १६:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App