२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

चर्च ब्वाइजलाई ४ अंकको अग्रता

पुलिसविरुद्ध गोल गरेपछि चर्च ब्वाइजका मिलन गुरुङ। तस्बिर सौजन्य: एन्फा

नेपाल पुलिस क्लबमाथि १-० को जितसहित चर्च ब्वाइज युनाइटेडले सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानको अग्रता ४ अंकमा पुर्‍याएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सम्पन्न दोस्रो खेलको पहिलो हाफअन्तर्गत इन्जुरी समयको चौथो मिनेटमा मिलन गुरुङले गरेको गोल चर्च ब्वाइजको जितमा पर्याप्त बन्यो।

शीर्ष स्थानको चर्च ब्वाइजको १९ खेलमा ३६ अंक छ। जुन दोस्रो स्थानको जावलाखेल युथ क्लबको भन्दा ४ अंक बढी हो। तेस्रो स्थानको मच्छिन्द्र फुटबल क्लबको ३१ अंक रहेको छ। पुलिस भने समान खेलमा २२ अंकसहित बाह्राैं स्थानमा छ। चर्च ब्वाइजलाई शीर्ष स्थानमा पछ्याइरहेका जावलाखेल युथ क्लब र मच्छिन्द्र क्लबले बिहीबार सम्पन्न आआफ्नो खेलमा अंक बाँडेसँगै चर्च ब्वाइजमाथि दबाब बढाउने अवसर गुमाएका थिए।

नेपाल पुलिस क्लबमाथि १-० को जितसहित चर्च ब्वाइज युनाइटेडले सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानको अग्रता ४ अंकमा पुर्‍याएको छ।

शुक्रबार नै दशरथ रंगशालामा सम्पन्न पहिलो खेलमा दुई पटक अग्रता जोगाउन नसक्दा त्रिभुवन आर्मी क्लबले एफसी खुमलटारसँग २-२ को बराबरी खेल्दै अंक बाँडेको छ।

१४औं मिनेटमा जगजित श्रेष्ठको गोलमा आर्मीले अग्रता लिएको थियो। ३५औं मिनेटमा मेसुके ओलोमोउको गोलमा खुमलटार खेलमा फर्किएको थियो। ५१औं मिनेटमा नवयुग श्रेष्ठको गोलमा आर्मीले पुनः अग्रता लिएको थियो। तर,७५औं मिनेटमा स्टेफन बिनोङको गोलमा खुमलटार खेलमा फर्किएसँगै आर्मी जितको लक्ष्यबाट टाढिएको थियो। आर्मीका प्रशिक्षक नवीन न्यौपानेले रक्षापंक्तिको गल्तीमा दुई पटक अग्रता लिएर पनि खुमलटारसँग अंक बाँड्नुपरेको बताए।

‘आज हामीले सुरुआती अग्रता लिए पनि रक्षापंक्तिको गल्तीमा त्यसलाई जोगाउन सकेनौं,’ न्यौपानेले भने, ‘दोस्रो पटक पनि हामीले अग्रता लिएर पनि अग्रता कायम राख्न सकेनौं। हामीले खुमलटारका मेसुके र स्टेफन बिनोङलाई नियन्त्रणमा राख्ने रणनीति लिए पनि त्यो सफल भएन। पछिल्लो खेलमा हामी थ्री स्टार क्लबसँग बराबरीमा रोकिएका थियाैं। थ्री स्टार र खुमलटारविरुद्धको खेल जितेको भए हाम्रो लिग उपाधिको सम्भावना कायम रहन्थ्यो। लगातारको बराबरीले सो लक्ष्य टोलीका लागि कठिन बनेको छ। अब हाम्रो लक्ष्य भनेको बाँकी रहेको खेलमा सुखद नतिजासहित दोस्रो स्थानका लागि लडाइँ कायम राख्ने हो।’

शुक्रबार नै दशरथ रंगशालामा सम्पन्न पहिलो खेलमा दुई पटक अग्रता जोगाउन नसक्दा त्रिभुवन आर्मी क्लबले एफसी खुमलटारसँग २-२ को बराबरी खेल्दै अंक बाँडेको छ।

आर्मी पछिल्लो दुई संस्करणको उपविजेता हो। आर्मी १९ खेलमा २६ अंकसहित छैटौं स्थानमा छ भने १४औं स्थानको खुमलटारको १८ अंक छ।

खुमलटारका म्यानेजर अञ्जन राना क्षत्रीले लगातार जितविहीन बन्दा टोलीमाथि रेलिगेसनको दबाब बढेको बताए। ‘आज हामी जितको लक्ष्यमा आएका थियाैं, तर अंक बाँड्नुपर्‍यो,’ क्षत्रीले भने, ‘लगातार जितविहीन बन्दा टोलीमाथिको रेलिगेसन दबाब थपिएको छ। हामीसँग अब ७ खेल बाँकी छ। हामी अब बाँकी रहेका खेलमा जितसहित रेलिगेसन संकट टार्नेमा विश्वस्त छाैं।’

एन्फा मुख्यालय सातदोबाटोमा सम्पन्न खेलमा हिमालयन शेर्पाले एपिएफमाथि ३-२ को जित निकाल्यो।

खुमलटारका म्यानेजर अञ्जन राना क्षत्रीले लगातार जितविहीन बन्दा टोलीमाथि रेलिगेसनको दबाब बढेको बताए।

१०औं मिनेटमा खामिरको गोलमा हिमालयन शेर्पाले अग्रता लिएकोे थियो। २८औं मिनेटमा पिस्टोने मुताम्बाले गोल गर्दै हिमालयन शेर्पाको अग्रता दोब्बर पारेका थिए। ५१औं मिनेटमा अवायोमीको गोलमा हिमालयन शेर्पाले ३-० को अग्रता लिएको थियो।

एपिएफका लागि ८७औं मिनेटमा सनिश श्रेष्ठ र इन्जुरी समयको दोस्रो मिनेटमा युवराज खड्काको गोलमा खेलमा फर्कने प्रयास गरे पनि त्यो पर्याप्त भएन। 

प्रकाशित: ६ जेष्ठ २०८० ०५:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App