१६ असार २०८१ आइतबार
image/svg+xml
खेल

एनआटी र जावलाखेलबीचको खेल बराबरीमा

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा न्यु रोड टिम (एनआटी) र जावलाखेल युवा क्लबबीच खेल बराबरीमा सकिएको छ।

आज साँझ दशरथ रंगशालमा भएको   खेलमा दुवै टोलीबाट एक एक  गोल भई खेल बराबरीमा सकिएको हो।

जावलाखेलका लागि सुनिल बुढाथोकीले ३७ औं मिनेटमा गोल गरेर अग्रता कायम गरेपनि (एनआटी)का लालुङ छामाले ५० औ मिनेटमा बराबरी गोल गरे । पछि निर्धारित समय सम्म दुवै टोलीबाट कुनै गोल नभई खेल बराबरीमा सकिएको छ ।  

त्यसअघि आज दिउँसो दशरथ रंगशालामै फ्रेन्ड्स र मच्छिन्द्रको खेल २-२ को बराबरीमा सकिएको थियो । च्यासल मैदानमा पनि मनाङ मर्स्याङ्दी र संकटाले २-२ को बराबरी खेलेका थिए ।

प्रकाशित: ४ जेष्ठ २०८० १४:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App