१८ असार २०८१ मंगलबार
image/svg+xml
समाज

मकैबारीमा भेटियो महिलाको शव

सर्लाहीको हरिपुर नगरपालिकामा मकैबारीमा महिलाको शव भेटिएको छ। हरिपुर नगरपालिका ४ हरैया गाउँका ठागा रायकी ४५ वर्षीया श्रीमती कृष्णादेवी रायको मकैबारीमा शंकास्पद अवस्थामा शव भेटिएको हो।

शनिवार दिउँसो ४ बजेतिर घरबाट घाँस काट्न खेततिर गएकी कृष्णादेवी अबेर साँझसम्म घर नफर्केपछि घरका सदस्यहरूले खोजेका थिए। मृतक महिलाका श्रीमानसहित टोलछिमेकका मानिसहरू खोज्दै जाँदा साढे ९ बजेतिर महिलाको शव मकैबारीमा भेटिएको थियो। घरदेखि झन्डै साढे पाँच सय मिटर पूर्व रहेको आफ्नै मकैबारीमा महिलाको शव भेटिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपि रवीन्द्रकुमार सिंहले मृतक महिलाको शरीरमा चोटपटक देखिएकोले घटना शंकास्पद रहेको बताएका छन्।

मृतक महिलाको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइएको छ। घटनाको विषयमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको एसपि सिंहले जनाएका छन्। 

प्रकाशित: १६ असार २०८१ १२:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App