१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

ए डिभिजन लिग : मछिन्द्रले थ्री स्टारलाई हरायो

तस्बिरः मछिन्द्र फुटबल क्लब फेसबुक पेजबाट

 शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले थ्री स्टार क्लबलाई हराएको छ। 

च्यासल रंगशालामा आज भएको खेलमा मछिन्द्रले थ्री स्टारलाई १–० ले हराएको हो।

मछिन्द्रको जितमा  जापानी मिडफिल्डर युता सुजुकीले १०औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।जितसँगै मछिन्द्र तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।मछिन्द्रले १७ खेलबाट २७अंक पाएको छ। १७  खेलबाट थ्री स्टार २५ अंकका साथ  तालिकाको चौथो स्थानमा रहेको छ। 

प्रकाशित: ३० वैशाख २०८० १३:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App