४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

मच्छिन्द्रलाई हराउँदै चर्च ब्वाईज शीर्ष स्थानमा

साविक विजेता मच्छिन्द्र फुटबल क्बललाई २–१ गोलले पराजित गर्दै चर्च ब्वाईज शहीद स्मारक ए डिभिजन लिग तालिकाको शीर्ष स्थानमा उक्लीएको छ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा आज सम्पन्न खेलमा खेलमा प्रदिप भण्डारीले ७१ औं मिनेटमा गरेको गोलको सहयोगमा यसै सिजन बढुवा भएको चर्च ब्वाईजले साविक बिजेता मच्छिन्द्रमाथि रोमाञ्चक जित निकालेको हो । 

यस जितसँगै चर्च ब्वाईज जारी लिगको शीर्ष स्थानमा फर्किएको छ । चर्च ब्वाईजले लगातार चौथो जित दर्ता गर्दै अंक तालिकाको शीर्षस्थानमा ३ अंकको स्पष्ट अग्रता बनाएको हो । चर्च ब्वाईजले १६ खेलमा ३० अंक बनाउँदै दोस्रो स्थानको जावलाखेललाई ३ अंकले पछि पारेको हो । जावलाखेलको २७ र तेस्रो स्थानको थ्री स्टारको २५ अंक छ । मच्छिन्द्र १६ खेलमा २४ अंकसहित चौथो स्थानमा छ ।

निकै प्रतिष्पर्धात्मक खेलमा चर्च ब्वाइजलाई स्पष्ट जित दिलाउन अन्जन विष्टले एक गोल गर्दा अर्को गोल आत्मघाती गोल भएको हो । मच्छिन्द्रका लागि ओमोलाजा करीमले पेनाल्टीमार्फत बराबरी फर्काएपनि मच्छिन्द्र बाँकी समयमा सम्हालिएको प्रदर्शन गर्न असफल भएको थियो । 

प्रकाशित: २७ वैशाख २०८० १२:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App