१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

ह्याट्रिकबाट चुके ललित

एसिसी मेन्स प्रिमियर कपको फाइनल खेलको बाँकी खेल आज सुरु भएको छ। बाँकी खेलको पहिलो बलमा विकेट झार्न नसकेपछि ललित राजबंशी ह्याट्रिक गर्नबाट चुकेका छन्।  

उनले यसअघि सोमबार लगातार दुई विकेट लिएका थिए। आज तेस्रो बलमा पनि विकेट लिएका भए उनको नाममा ह्याट्रिक बन्ने थियो। ललितले २७.२ ओभर र २७.३ ओभरको बलमा लगातार विकेट झारेका थिए।  

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा युएई २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रनमा खेलिरहेको छ।  बलिङमा ललित राजबंशी छन्। भने ब्याटिङमा यूएईको तर्फबाट अन्तिम जोडी कार्तिक मियाप्पन र जुनैद सिद्दकी क्रिजमा छन्।

युएईले सोमबार टस हारेर ब्याटिङ गरेको थियो। वर्षाको कारण सोमबारको खेल स्थगित भएको हो। 

प्रकाशित: १९ वैशाख २०८० ०३:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App