२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

मनाङको खराब लय जारी

मच्छिन्द्रविरुद्धको खेलमा बल नियन्त्रणमा लिँदै सातदोबाटो युथ क्लबका गोलकिपर निशान थापामगर ।तस्बिर: नागरिक

राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आठ पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी फुटबल क्लबको खराब लय जारी रहँदा साबिक विजेता मच्छिन्द्र फुटबल क्लब सातदोबाटो युथ क्लबसँग गोलरहित बराबरीमा रोकिएको छ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको खेलमा यसै सिजन बढुवा भएको टोली चर्च ब्वाइज युनाइटेडसँग ३–० को गोलअन्तरले पराजित भएसँगै यस सिजन मनाङको खराब लय जारी रहेको हो। यससँगै मनाङले पछिल्ला ६ खेलमा पराजय भोगिसकेको छ।

सुरुआत निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा चर्च ब्वाइजलाई जित दिलाउन अनन्त तामाङ, मौसम सुब्बा र साइमन लिम्बुले एक÷एक गोल गरे। सबै गोल ४० मिनेटपछि मात्र सम्भव भएका हुन्। खेलको ४१औं मिनेटमा चर्च ब्वाइजले कप्तान अनन्त तामाङको गोलबाट अग्रता लिएको थियो।

राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आठ पटकको च्याम्पियन मनाङ मस्र्याङ्दी फुटबल क्लबको खराब लय जारी रहँदा साबिक विजेता मच्छिन्द्र फुटबल क्लब सातदोबाटो युथ क्लबसँग गोलरहित बराबरीमा रोकिएको छ।

सुशील शाहको क्रसमा कप्तान अनन्तले हेडरमार्फत गोल गर्दै चर्च ब्वाइजको खाता खोलेका थिए। खेलको ५५औं मिनेटमा मौसमले गोल गर्दै चर्च ब्वाइजलाई २–० को अग्रता दिलाएपछि खेलको इन्जुरी समयमा साइमनले गोल गर्दै चर्च ब्वाइजलाई ३–० को जित निश्चित गराएका हुन्।

यससँगै जारी सिजन चर्च ब्वाइजले पाँचौं जित निकाल्न सफल भएको छ। चर्च ब्वाइजले १३ खेलमा २१ अंक जोडेको छ। मनाङ पहिलो पटक लगातार ६ खेलमा पराजित भएको हो। मनाङले १३ खेलमा १५ अंक जोडेको छ।

लिगअन्तर्गत आइतबार दशरथ रंगशालामा भएको खेलमा साबिक विजेता मच्छिन्द्रले सातदोबाटो युथ क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो। यससँगै जारी सिजनमा पहिलो राउन्डका खेल पनि सकिएका छन्। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले खेल अवधिभर गोल गर्ने राम्रा अवसर सिर्जना गरे पनि सदुपयोग गर्न असफल भएका थिए।

बराबरीपछि मच्छिन्द्रको १३ खेलबाट १८ अंक भएको छ भने सातदोबाटोले एक अंक तालिकामा थप्दै दोस्रो स्थानको थी स्टारसँग बराबरी अंक बनाएको छ। गोलअन्तरमा सातदोबाटो तेस्रो स्थानमा अटाएको हो।

सुशील शाहको क्रसमा कप्तान अनन्तले हेडरमार्फत गोल गर्दै चर्च ब्वाइजको खाता खोलेका थिए। 

यस्तै खराब मौसमका कारण शनिबार स्थगित भएको आर्मी र हिमालयन शेर्पाको खेल शनिबारकै नतिजा १–१ मा टुङ्गिएको छ। यससँगै दुवै टोलीले १/१ अंक बाँडेका छन्।

शनिबार स्थगित हुनुपूर्व नवयुग श्रेष्ठले पहिलो मिनेटमा गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए। तर, खेलको ५५औं मिनेटमा विश्वास श्रेष्ठले गोल गर्दै हिमालयनलाई १–१ गोलको बराबरीमा ल्याएका थिए। शनिबार रोकिएको हिमालयन र आर्मीबीचको बाँकी खेल आइतबार भएको हो। यस बराबरीसँगै हिमालयनले १३ खेलमा १४ अंक जोडेको छ। आर्मीले १३ खेलमा २० अंक जोडेको छ।

यस्तै एन्फा कम्प्लेक्समा सम्पन्न खेलबाट जावलाखेल र संकटा क्लबले पनि १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। खराब मौसमका कारण स्थगित हुनुपूर्व शनिबार लिएको एक गोलको अग्रता जोगाउन नसक्दा जावलाखेलले अंक बाँड्नुपरेको हो। फोडे फोफानाले ३३औं मिनेटमा गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए। तर, आइतबार सम्पन्न बाँकी खेलअन्तर्गतको खेलमा संकटाले बराबरी गोल गर्न सफल भएको हो।

यस्तै एन्फा कम्प्लेक्समा सम्पन्न खेलबाट जावलाखेल र संकटा क्लबले पनि १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।

५१ मिनेपछि खेलाइएको खेलको ७३औं मिनेटमा निशान खड्काले गोल गर्दै संकटालाई १–१ गोलको बराबरीमा ल्याएका थिए। शनिबार च्यासल मैदानमा भारी वर्षा र चट्याङका कारण संकटा र जावलाखेलबीचको खेल स्थगित भएको थियो। यस बराबरीसँगै जावलाखेलले १३ खेलमा २४ अंक जोडेको छ। जावलाखेल शीर्ष स्थानमा कायम रहेको छ। संकटा १३ खेलमा १६ अंक जोडेर ११औं स्थानमा छ।

प्रकाशित: १८ वैशाख २०८० ०१:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App