२३ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

एसिसी प्रिमियर कप : कुवेतले बहराइनलाई हरायो

एसिसी प्रिमियर कपमा कुवेतले बहराइनलाई हराएको छ। मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा कुवेतले बहराइनलाई २ विकेटबाट हराएको हो।  

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बहराइनले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ५५ रन बनाएको थियो।  जवाफमा कुवेतले ४४दशमलब २ ओभरमा ८ विकेट गुमाउँदै विजयी लक्ष्यपूरा गर्यो।

यस अघि बहराइनका  इमरान अनवारले १९ बलमा ३ चौका र ५ छक्कासहित सर्वाधिक ५३ रनको योगदान दिएका थिए।त्यसैगरी फैज अहमदले४८ रन, कप्तान हैदर अलीले ३४, जुनैद अजिजले ३६ र सोहिल अहमदले ३४ रन बनाए ।

कुवेतका सैयद मोनिबले सर्वाधिक ४ विकेट लिए।  त्यसैगरी  शाहरुख क्वुदुसले दुई विकेट लिए।कुवेतको जितमा युवा खेलाडी यासिन पटेल ८९ बलमा २ चौका र १ छक्कासहित ६३ रनमा अविजित रहे। त्यसैगरी अर्का युवाका युवा खेलाडी मिट भावसारले ५९ बलमा ५ चौकासहित ५४ रनमा आउट भए।बहराइनका अब्दुल मजिदले ३ विकेट लिए। अली डावुड, रिजवान बट, इमरान अनवार र सोहिल अहमदले एक एक विकेट लिए।

प्रकाशित: ९ वैशाख २०८० १४:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App