२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

लाओससँग खेल्न शारीरिक र मानसिक रुपमा तयार छौँः कप्तान चेम्जोङ

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण कुमार लिम्बूले शुक्रवार हुन लागेको प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जिते नयाँ खेलाडीका लागि अनुभव र मनोबल बटुल्न सहयोग पुग्ने बताएका छन्।

नेपालमा जारी त्रिदेशीय फुटबल प्रतियोगिताको फाइनल अघिको पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीका कप्तान किरणकुमार लिम्बूले उपाधि जिते टोलीमा समावेश भएका नयाँ खेलाडीका लागि अनुभव र मनोबल बटुल्ने अवसर हुने बताएका हुन्।

नेपाली टोली शुक्रवार आयोजना हुन लागेको फाइनल खेलका लागि मानसिक र शारीरिक हिसावमा तयार भएको बताए। उनले टोलीमा नयाँ खेलाडीको बाहुल्यता भएको र उनीहरुको मनोबल उच्च बनाउनका लागि पनि यो प्रतियोगिताको उपाधि निकै महत्वपूर्ण रहेको बताए।

नेपाली फुटबल कठिन समयबाट गुज्रिरहेको अवस्थामा समर्थकलाई खुशी दिलाउनका लागि यो प्रतियोगिता निकै महत्वपूर्ण रहेको समेत किरणले उल्लेख गरे।

प्रकाशित: १६ चैत्र २०७९ १२:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App