coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नेपालको बंगलादेशसँग बराबरी

अग्रता जोगाउन नसक्दा नेपालले यु–१७ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा बंगलादेशसँग १–१ को बराबरी नतिजा सामना गरेको छ।

पाँच राष्ट्र सम्मिलित च्याम्पियनसिपको उपाधि सम्भावनाबाट यसअघि नै बाहिरिसकेको नेपाल अन्तिम खेलमा मंगलबार बंगलादेशसँग बराबरीमा रोकिएको हो। बंगलादेशको ढाकामा जारी च्याम्पियनसिपमा रसिया चार खेलमा अपराजित रहँदै च्याम्पियन बन्यो। रसियाले अन्तिम खेलमा भारतमाथि २–० को जित निकाल्यो।

युइएफएको प्रतिबन्ध सामना गरिरहेको रसियाले एसियाली भूमिमा प्रतिस्पर्धा गरिरहेको उसको युवा टोली दक्षिण एसियाली फुटबल खेल्न आएको हो। रसियासँग पराजित भारत तेस्रो हुँदा बंगलादेश दोस्रो स्थानमा रह्यो। साबिकको विजेता नेपाल भने चौथो स्थानमा खुम्चियो। ढाकास्थित वीर शेरेष्ठ सहिद सिपाही मुस्ताफा कमल स्टेडियममा खेलको आठौं मिनेटमा सेनु परियारले गोल गर्दै नेपाललाई अग्रता दिलाइन्। तर, दोस्रो हाफमा नेपाल समालिन सकेन। ७५औं मिनेटमा सागोरिकाले गोल गर्दै बंगलादेशलाई बराबरीमा ल्याइन्।

यस नतिजासँगै नेपालले चार खेलबाट चार अंक जोड्दै चौथो स्थानमा रहेर प्रतियोगिताको अन्त्य गरेको छ। यसअघि भारतसँग ४–१ तथा रूससँग ३–० को पराजय ब्यहोरेको नेपालले भुटानलाई ५–० ले हराएको थियो। बंगलादेशले समान खेलबाट सात अंक जोड्यो। यसअघि भुटानलाई ८–१ र भारतलाई १–० ले हराएको बंगलादेश रूससँग ३–० ले पराजित भएको थियो।

प्रकाशित: १५ चैत्र २०७९ ०१:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App