२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

भियतनामसँग छनोट खेल खेल्दै नेपाल

पेरिस ओलम्पिकका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीले एशिया छनोटको पहिलो चरणमा भियतनामसँग मात्र खेल्ने भएको छ।  

अन्तिम समयमा आन्तरिक कारण देखाउँदै प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि नेपालले भियतनामसँग मात्र छनोट खेल्ने भएको हो।  

छनोटमा नेपाल समूह सी मा रहेको थियो। नेपाल सम्मिलित समूहमा नेपालसँगै भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान रहेका थियो। तर, यस समूहबाट प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएका हुन्।

प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले भियतनामसँग दुई खेल खेल्नेछ। नेपालले चैत २२ र २५ गते भियतनामसँग प्रतिष्पर्धा गर्ने तालिका रहेको छ। दुवै खेल साँझ ६ बजे शुरु हुनेछ। छनोटको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउनेछन्।  

एन्फाले दुई खेलका टिकट दर पनि तोकेको छ। सामान्यतर्फ ३ सय र भीआईपीतर्फ १ हजार टिकट दर तोकिएको छ। छनोटका लागि राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक अनन्त राज थापाले सोमवार ३३ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिसकेका छन्।

प्रकाशित: १३ चैत्र २०७९ १०:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App