१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

विराट गोल्डकपः जावलाखेल आर्मीलाई हराउँदै सेमिफाइनलमा, आज एपिएफ र भुटान डुक लयुलसँग प्रतिस्पर्धा

जावलाखेल युथ क्लब विराटनगरमा जारी ७ औं विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ। विराटनगरको सहिद रंगशालामा शुक्रबार भएको रात्रिकालीन खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई सडेनडेथमा ६–५ गोल फरकले जावलाखेलले पराजित गर्दै सेमिफाइनल यात्रा पक्का पारेको हो। 

काठमाडौंमा भइरहेको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आर्मी ५ औं स्थानमा छ भने जावलाखेल चौथो स्थानमा रहेको छ। आर्मीले बिहीबार मात्रै १३ औं इटहरी गोल्डकपमा चर्च ब्वाइज युनाइटेडसँग सेमिफाइनलमा १–० गोल अन्तरमा पराजय भोगेको थियो। जावलाखेलले १३ गते आयोजक टोली विराटनगर सिटी फुटबल क्लबसँग सेमिफाइनल खेल खेल्ने छ। 

विराट गोल्डकप ट्रष्टले आयोजना गरेको प्रतियोगिताअन्तर्गत शनिबार ९आज० डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बलको ९एपिएफ क्लब०ले पाहुना टोली भुटानको डुक लयुल फुटबल क्लबसँग प्रतिस्पर्धा गर्दैछ। दुवै टोलीबीचको विजेताले १२ गते हुने पाहुना टोली भारत केरलाको लुका सकर क्लब र संकटा क्लबबीचको विजेतासँग १४ गते सेमिफाइनल खेल्ने छ। 

खेलको निर्धारित र अतिरिक्त समयमा दुवै टोली गोलरहित खेलको थिए। दुवै टोली गोलरहित भएपछि खेलको निर्णय टाइब्रेकरमा पनि बराबरी भएपछि खेल सडेनडेथमा गएको थियो। 

जावलाखेलका लागि सीमान्त थापा, फोडे फोफोना, राहुल, छिरिङ लामा, समिराज थोकर र विशाला तामाङले गोल गर्दै टोलीलाई विजयी बनाए। 

आर्मीका लागि टंक बस्नेत, टेकबहादुर बुढाथोकी, कप्तान जिलेस्पीजंग कार्की, सन्तोष केसी र गोलरक्षक बिकेस कुथुले गोल गरे भने सेसेहाङ आङ्देम्बेको प्रहार सिधा पोष्ट माथिबाट बाहिरिँदा हार व्यहोर्नु प¥यो। 

खेलको निर्धारित समयमा जावलाखेलको भन्दा धेरै नै राम्रो गोलका अवसर सिर्जना हुँदा सदुपयोग गर्न नसकेपछि आर्मी प्रतियोगिताबाट बाहिरिनु प¥यो। जावलाखेलले केही गोलका राम्रो अवसर चुकाउँदा जितका लागि टाइब्रकेरसम्म पुग्नु परेको थियो। 

खेलको १० औं मिनेटमा आर्मीका आशिष शाक्यको प्रहार बाहिरयो। आर्मीकै जिलेस्पीजंग कार्कीले २३ औं मिनेटमा ३० यार्डदेखिको कडा प्रहार जावलाखेलका गोलरक्षकले अनिष देउलाले विफल पारे। लगतै भरत चौधरीले बिट भइसकेको अवस्थामा बललाई सही दिशा दिन सकेनन। ३६ औं मिनेटमा आर्मीका सुदइल राईले डिफेन्डरलाई विट गर्दै पेनाल्टी एरियामा मिलाई दिएको क्रस पासमा सुशान्त चौधरीले फितलो प्रहार गर्दा गोल हुन सकेन।  

जावलाखेलका मासोअवी ३९ औं मिनेटमा गोल गर्न चुके। राहुलले ४४ औं मिनेटमा मिलाइ दिएको वान भर्सेस वानको स्थितमा मासोअवी गोल गर्न चुके। उनको प्रहार आर्मीका गोलरक्षक विकेश कुथुबाट डिफ्लेक्ट हुँदै बाहिरियो। ५२ औं मिनेटमा आर्मीका जिलेस्पीको हेड पोस्टमाथिबाट बाहियो। 

६० औं मिनेटमा मध्यभागबाट एक्लै बल अघि बढाएका सेसेहाङ आङ्देम्बेको प्रहार दायाँ बार हुँदै बाहियो। ६५ औं मिनेटमा वान भर्सेस वानमा जावलाखेलका सीमान्त थापाको डिबक्सभित्रको कडा प्रहार आर्मीका  गोलरक्षकले बचाउ गरे। ७३ औ मिनेटमा आर्मीका सुदीप राईले पेनाल्टी एरियामा निकालिदिएको बलमा जिलेस्पीको प्रहार पोस्टमाथिबाट बाहिरियो।

८३ औं मिनेटमा युद्ध शाहीले निकालिदिएको पासमा जिलेस्पीले डिबक्सभित्र बल नियन्त्रणमा लिन नसक्दा गोल सकेनन्। ८६ औं मिनेटमा जावलाखेलका सीमान्त थापाले मध्यभागबाट लगेको बल डिबक्सभित्र आर्मीका गोलरक्षकलाई बिट गर्न नसक्दा गोल गर्न सकेनन्। खेलको म्यान अफ द म्याच जावलाखेलका सीमान्त थापाले ११ हजार रुपैयाँ प्राप्त गरे। 

प्रकाशित: ११ चैत्र २०७९ ०६:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App