coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

इण्डो–नेपाल मैत्रीपूर्ण महिला क्रिकेट खेल बिसिसिएले जित्यो

विराटनगरमा जारी प्रथम रेडमड इण्डो–नेपाल मैत्रीपूर्ण महिला टि–२० क्रिकेट प्रतियोगिताको उपाधि घरेलु टोली विराटनगर क्रिकेट क्लव एण्ड एकेडेमी(बिसिसिए) ले जितेको छ।

नेपाल क्रिकेट फाउण्डेसनले विराटनगर–६ स्थित मेल्बन ज्वाला क्रिकेट खेल मैदानमा आयोजना गरेको प्रतियोगिताको मंगलबार भएको खेल अन्तिम खेलमा बिसिसिएले भारतको अल इण्डिया वुमन टि–२० क्रिकेट एसोसिएनलाई ४९ रनले पराजित गर्दै जितेको हो। ४ खेलको श्रृंखलामा बिसिसिएले ३ खेल जित्यो भने भारतले १ खेलमा मात्रै विजयी हासिल ग¥यो।

टस जितेर पहिलो ब्याटिङ थालेको बिसिसिएले ३० ओभर खेल्दै ४ विकेटको क्षतिमा १४४ रन बनाउन सफल भयो। जसमा नेपाली टोलीकी कप्तान रुविना क्षेत्रीले ५९, सम्झना खड्काले २४, कविता जोशीले १८, र अप्सार बेगमले १५ रन बनाइन्। बलिङमा भारतकी रितु भोस्लेले २, विनोदा र मिनाक्षीले १–१ विकेट लिएकी थिइन्।

१४५ रनको विजयी लक्ष्यका साथ मैदानमा आएको भारतीय टोलीले २६ ओभर १ बल खेल्दै सबै विकेटको क्षतिमा ९५ रनमै समेटिए। जसमा रितु भोस्लेले १८ र दीक्षा सिंहले १३ रनको योगदान दिइन्।

नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर–६ मा रहेको मेल्बन ज्वाला विराटनगर क्रिकेटको खेल मैदानमा टस हारेर ब्याटिङ गरेको विसिसिएले निर्धारित २० ओभरमा ३ विकेट गुमाई १ सय ३७ रनको विशाल स्कोर बनाएको थियो। घरेलु टोलीका लागि सम्झना खडकाले नटआउट ५५ रन बनाउँदा कविता जोशी पनि ११ रनमा नटआउट भइन्। त्यस्तै नेपाली राष्ट्रिय टोलीकी कप्तान रुविना क्षेत्री ५१ रन बनाएर आउट भइन्।

भारतकी कप्तान रितु भोस्लले, रिना रानी र निधि भाग्यसियाले १–१ विकेट लिए। बिसिसिएकी अस्मिना कर्माचार्यले ३, कविता जोशीले २, रुविना क्षेत्री र काजल राजवंशीले समान १–१ विकेट लिए।

प्लेयर अफ द म्याच बिसिसिएकी रुविना क्षेत्री घोषित भइन्। व्यक्तिगत विधातर्फ प्लेयर अफ द सिरिज बिसिसिएकी रुविना क्षेत्री, बेस्ट ब्याटर बिसिसिएकी सम्झना खड्का र उत्कृष्ट बलर बिसिसिएकी अस्मिता कर्माचार्य भइन्।  

प्रतियोगिताको विजेता तथा उविजेता खेलाडीहरुलाई विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्की, नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशनकुमार सिंह, नेपाल क्रिकेट फाउण्डेशनका अभिषेक श्रेष्ठ र प्रमेश हुमागाईंलगायतले पुरस्कार प्रदान गरे। 

प्रकाशित: ७ चैत्र २०७९ १३:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App