१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

क्रिकेटर राजवंशी र कँडेललाई विराटनगर महानगरले नगदसहित सम्मान गर्ने

क्रिकेटर ललित राजवंशी र दिपेश कँडेललाई विराटनगर महानगरपालिकाले नगदसहित सम्मान गर्ने भएको छ।

नेपाललाई विश्वकप छनौटमा पु¥याउन महत्वपूर्ण योगदान गरेका राजवंशी र कँडेल दुवै विराटनगर निवासी हुन्। राजवंशीलाई महानगरले एक लाख एक हजार रुपैयाँसहित सम्मान गर्ने भएको हो।

त्यस्तै कँडेलले ह्याट्रिकसहित ५ विकेट लिएपछि नेपाल ८ वर्षपछि यू–१९ विश्वकपमा प्रवेश गर्न सफल भएको छ। राजवंशी र कँडेलले क्रिकेटलाई उचाइमा पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण प्रोत्साहित गर्न नगदसहित सम्मान गर्ने निर्णय गरिएको महानगरका प्रमुख नागेश कोइरालाले बताए।

चाँडै नै विशेष समारोह आयोजना गरेर सम्मान गरिने कोइरालाले जानकारी दिए।  

प्रकाशित: ६ चैत्र २०७९ १२:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App