८ वैशाख २०८१ शनिबार
खेल

चर्च ब्वाइज इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश

चर्च ब्वाइज काठमाडौं, इटहरीमा जारी १३ औं अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

आइतबार इटहरी रंगशालामा भएको खेलमा दोस्रो क्वाटर फाइनल खेलमा चर्च ब्वाइज क्लबले आयोजक राष्ट्रिय जागृति क्लबलाई हराएर सेमिफाइनलमा प्रवेश गरेको हो। चर्च ब्वाइजले शुन्यका बिरुद्द दुई गोलले आयोजक राष्ट्रिय जागृतिलाई हराउँदै सेमिफाइनलको यात्रा सुरक्षित गरेको हो।

खेलको ४५ औं मिनेटमा चर्च ब्वाइजका आशिष चापागाईंले पहिलो गोल गरे। पहिलो हाफमा १–० गोल अन्तरले अगाडि रहेको चर्च ब्वाइजले खेलको ६१ औं मिनेटमा थप अर्को गोल गरियो। टिम क्याप्टेन मिलन राईको पासमा मौसम लिम्बूले दोस्रो गोल गरे।

खेलमा आयोजक राजा क्लबले गोल गर्ने थुप्रै अवसर पाएपनि गोल गर्न चुक्यो। खेलको म्यान अफ दि म्याच चर्च ब्वाइजका प्रसान्त लक्ष्मण घोषित भए। उनले नगद १० हजार पाए। प्रतियोगिता अन्तर्गत सोमबारको मछिन्द्र क्लब काठमाडौं र कञ्चनजङ्गा फुटवल क्लब भारतबीच खेल हुनेछ।

राष्ट्रिय जागृति क्लबको आयोजनामा इटहरी रंगशालामा चैत ११ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपविजेता टिमले नगद पाँच लाखसहित मेडल र ट्रफी प्रदान गरिनेछ। प्रतियोगिताको उद्घाटन खेलमा साबिक विजेता सगरमाथा फुटबल क्लब मोरङ् विजयी भएको थियो।  

प्रकाशित: ५ चैत्र २०७९ १३:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App