coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

क्रिकेटर कुशल भुर्तेललाई तिलोत्तमाले ५० हजार नगदसहित सम्मान गर्ने

रुपन्देहीको तिलौत्तमा नगरपालिकाले राष्ट्रिय क्रिकेट खेलाडी कुशल भुर्तेललाई ५० हजार नगद सहित सम्मान गर्ने भएको छ।

आइसिसी विश्वकप क्रिकेट लिग २ मा नेपालको तर्फबाट उत्कृष्ट प्रदर्शन गरेका तिलोत्तमा निवासी भुर्तेललाइ ५० हजार नगद सहित सम्मान गर्ने निर्णय गरीएको नगरप्रमुख रामकृष्ण खाणले बताए।

नेपालको तर्फबाट उत्कृष्ट प्रदर्शन गरेर देशको नाम राख्न सफल भएकाले उनलाइ सम्मान गर्ने निर्णय गरीएको नगरप्रमुख  खाणले बताए। क्रिकेटर भुर्तेल तिलोत्तमा नगरपालिका वडा नं. ९ का स्थानीयबासी हुन्।

नेपाली राष्ट्रिय क्रिकेट टिमका व्याट्सम्यान भुर्तेलको राम्रो प्रदर्शनले नेपाल आईसीसी विश्वकप क्रिकेट लिग २ बाट विश्वकप क्वालिफायरमा छनोट भएको थियो।  

प्रकाशित: ३ चैत्र २०७९ १४:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App