८ वैशाख २०८१ शनिबार
खेल

डिएलएस मेथडका आधारमा यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा

आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय श्रृखला अन्तर्गत अन्तिम खेलमा खराव मौसमले पुरा खेल हुन नसकेपछि नेपाल यूएईलाई डिएलएस मेथडका आधारमा ९ रनले हराउँदै विश्वकप क्रिकेटको छनौट चरणमा पुग्न सफल भएको हो  । ४४ ओभरमा खराव मौसमले खेल हुन नसकेपछि खेल नेपालको पक्षमा गएको हो । नेपालले अन्तिम ६ ओभरमा जितका लागि ४२ रन बनाउनु पर्ने थियो ।  

 खेल रोकिदा नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २६९ रन बनाएको थियो । यस अघि यूएईले पुरै  ५० ओभर खेलेर ६ विकेट गुमाउँदै ३१० रन  बनाएको थियो ।  ३६ खेलबाट नेपाल ४० अंकका साथ शिर्ष तीनमा रहदै विश्वकपको छनौट चरणमा पुगेको हो ।

 नेपालका लागि भिम सार्कीले ६७ , कुसल भुर्तेलले ५० , कप्तान रोहित पौडेलले १६ रन बनाए । त्यसैगरी आरिफ शेखले ५२  रन बनाए । गुल्सन झाले   रन  बनाए ।  

यस अघि यूएईले पुरै  ५० ओभर खेलेर ६ विकेट गुमाउँदै ३१० रन  बनाएको थियो ।  

यूएईका लागि आसिफ खानले ४२ बलमा १०१ रन बनाए । त्यसैगरी भि अरविन्दाले ९४ तथा कप्तान मोहमद वासिमले ६३ रन बनाए।  

नेपालका लागि दिपेन्द्रसिंह एैरीले २ विकेट लिए। त्यसैगरी सन्दीप लामिछाने , सोमपाल कामी र ललितनारायण राजवंशीले एक एक विकेट लिए । यूएईले टस जितेर पहिलो व्याटिड गरेको हो।  

 

प्रकाशित: २ चैत्र २०७९ ११:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App