२१ पुस २०८२ सोमबार
image/svg+xml
खेल

नेपाललाई पाँच ओभरमै ४ विकेट हात लाग्यो

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय श्रृखलामा युएईविरुद्ध नेपालले पाँच ओभमरमै  ४ विकेट लिन सफल भएको छ ।  

नेपालका सुरुवाती बलर ललित राजवंशीले  पहिलो ओभरको पाँचौ वल र चौथो ओभरको  चौथो वलमा गरी २ विकेट लिए । पछिल्लो चौथो विकेट सोमपाल कामीले लिए । युएई  ५ दशमलब २ ओभरमा चौथो विकेट गुमाएर  ८ रनको स्थीतीमा पुगेको छ । नेपालका लागि दोश्रो विकेट दिपेन्द्रसिंह एैरीले दोश्रो ओभरको चौथो बलमा लिएका हुन।  

यस अघि क्रितिपुर क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४९दशमलब २ ओभरमा २ सय ४८ रनमा अल भएको हो।  

प्रकाशित: २८ फाल्गुन २०७९ ०८:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App