२८ माघ २०८२ बुधबार
image/svg+xml
खेल

मिल्स गोल्डकप :उद्घाटन खेलमा विजयी हुँदै झापा सेमिफाइनलमा

तेस्रो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा झापाको धु्रवतारा स्पोर्टिङ क्लब विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ।

मिल्स गोल्डकप ट्रष्टले आयोजना गरेको प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा झापाले सुनसरीको शान्तिनगर फुटबल क्लबलाई सडेन डेथको आधारमा पराजित गरेको हो। खेलको निर्धारित समयमा दुवै टोलीबाट २–२ गोलको बराबरी भएपछि टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा समेत बराबरी भएपछि सडेन डेथमा ९–१० गोलअन्तरमा झापा विजयी भएको हो।  

झापाका रोशन धिमाल, निश्चल बोहरा, प्रविण राई, रोशन तामाङ, ओमप्रकाश तामाङ, राजन धिमाल, निश्चल बस्नेत, रोशन धिमाल, विक्रम राई र आयुष लिम्बूले गोल गरे भने सन्देश केसी गोल गर्न चुक ।

सुनसरीका सुशन लामा, विवेक राई, चन्दन मगर, धिरेन लिम्बू, धिरेन क्षेत्री, सुजन चौधरी, राकेश गुरूङ, सजन मगर, विवेक गुरूङले गोल गरे भने सुजित चौधरी र सिजल राई गोल गर्न चुक्दा हार व्यहोर्नु प¥यो।  

खेलको ११ औं मिनेटमा धु्रवताराका आयुष श्रेष्ठ र प्रविणले गोल गरे। सुनसरीका विष्णु श्रेष्ठ र सुशन लामाले गोल गरे।  

खेलको म्यान अफ द म्याच झापाका प्रविण राई भए।आइतबारको खेल द सेभेन स्टार फुटबल क्लब धनकुटा र प्रतिभा फुटबल क्लब गोलबजार सिराहाबीच हुनेछ। बिजेताले २ लाख ११ हजार र उपबिजेताले १ लाख ११ हजार रुपैयाँका साथै ट्रफी प्राप्त गरे।  

प्रकाशित: २७ फाल्गुन २०७९ १३:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App