१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

अन्तर्राष्ट्रिय आन्त्रण इटहरी गोल्डकप चैत ४ गतेदेखि

अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपबारे पत्रकार सम्मेलन गरि जानकारी दिर्दै आयोजक। तस्बिर : नागरिक

१३ औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल चैत ४ गतेदेखि हुने भएको छ।

राष्ट्रिय जागृति क्लवको आयोजनामा हुने गोल्डकप एक सातासम्म चल्ने शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो।

इटहरी रंगशालामा हुने प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने प्रतियोगिता संयोजक अनुरोध थापाले जानकारी दिए।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख रुपैयाँ प्रदान गरिने छ। विभिन्न बिधामा उत्कृष्ट हुनेले नगद २० हजार र प्रत्येक खेलको म्यान अफ दि म्याच हुने खेलाडीले १० हजार पाउने छन। प्रतियोगितामा सहभागी प्रत्येक टिमलाई प्रति म्याच नगद २० हजार तयारी खर्च समेत उपलब्ध गराइने छ। सहभागी प्रत्येक खेलाडीलाई दैनिक १ हजार ५ सयको दरले भक्ता उपलब्ध गराइने आयोजकले जनाएको छ।

इटहरी उपमहानगरपालिका संयोजन रहेको प्रतियोगितामा बिभागीय टिम त्रिभुवन आर्मी क्लब, चर्ज ब्वाईज, मछिन्द्र क्लब, एभिनियर फुटबल क्लब क्यामरुन, रोलिङ क्लब झापा, डिफेण्डिङ च्याम्पियन सगरमाथा क्लब मोरङ, कञ्चनजंगा फुटबल क्लब भारत र आयोजक राष्ट्रिय जागृति क्लब गरी १० टिमको सहभागीता रहने छ।

इटहरीमा आठौं संस्करणसम्म स्वर्गीय दानवहादुर फूयँल स्मृति गोल्डकप फुटबल प्रतियोगिता भएको थियो। दानबहादुर फुयँग गोल्डकपलाई परिमार्जन गरी त्यसपछिका केही वर्ष मदन भण्डारी गोल्डकप पछिल्लो समय इटहरी गोल्डकपको रुपमा खेल हुदैं आएको छ।

इटहरीलाई खेलकुदका माध्यमद्धारा चिनाउन र युवा प्रतिभाहरुलाई बढीभन्दा बढी अवसर प्रदान गर्नका लागि प्रतियोगिता निरन्तर भइरहेको थापाले बताए।  

प्रकाशित: २६ फाल्गुन २०७९ १३:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App