२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

विराटनगरमा अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता सुरू

प्रथम विराटनगर हव अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ।

नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा म्यारिलिबोन क्रिकेट फाउण्डेसन र क्रिकेट विथआउट बाउण्ड्रीको सहयोगमा विराटनगरमा पहिलो पटक अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता शनिबार देखि  सुरु भएको हो।

विराटनगर ६ केशलिया स्थित खेलमैदानमा भएको खेलमा सरस्वती मावि, महेन्द्र मावि र लक्ष्मी मावि विजयी भएका छन्। पहिलो खेलमा सरस्वतीले आर्दशलाई ६ विकेटले पराजित गरेको छ। टस जितेर ब्याटिङ गरेको आदर्शले निर्धारित १० ओभरको खेलमा २ विकेट गुमाई ६६ रनको स्कोर बनाएको थियो। जसमा करुणा राजवंशीले सर्वाधिक नटआउट २० रनको योगदान दिइन्। सरस्वतीकी चाँदनी यादवले १ विकेट लिइन्।

६७ रनको विजयी लक्ष्य पछ्याएको सरस्वतीले ८ दशमलव ५ बलमा ४ विकेट गुमाई लक्ष्य भेट्टाएको थियो। विमेन अफ म्याच पूर्णिमा राजवंशीले नटआउट १३ रनको योगदान दिएकी थिइन्। आदर्शकी अन्जली यादवले २ विकेट लिइन्।

दोस्रो खेलमा महेन्द्र स्कुलले बालिका स्कुललाई १७ रनले पराजित गरेको छ। टस जितेर ब्याटिङ गरेको महेन्द्रले निर्धारित १२ ओभरमा ३ विकेट गुमाई १ सय १२ रन बनाएको थियो। जस्मा विमेन अफ द म्याच शिना सहनीले ३८ रनको योगदान दिएकी थिइन्। बालिकाकी रचना उराँव र पिंकी राजवंशीले १–१ विकेट लिइन्।

१ सय १३ रनको लक्ष्य पछ्याएको बालिकाले निर्धारित ओभरमा ४ विकेट गुमाई ९५ रन मात्र जोड्न सक्यो। जसमा सकुन्तला राजवंशीले सर्वाधिक १० रनको योगदान दिइन्। महेन्द्रकी भूमिका राजवंशीले २ विकेट लिइन्।

तेस्रो खेलमा लक्ष्मी मावि जहदाले आर्दशलाई १० विकेटले पराजित गरेको छ। टस जितेर ब्याटिङ गरेको आदर्शले १२ ओभरमा २ विकेट गुमाई ८९ रन बनाएको थियो। जसमा दिपिका यादवले नटआउट १० रनको योगदान दिइन्। जहदाकी सुस्मीता राजवंशीले १ विकेट लिइन्।

९० रनको विजयी लक्ष्य पाएको जहदाले ८ दशमलव ४ बलमा विना विकेटको नोक्सानीमा सो विजयी लक्ष्य पार गरेको हो। जसमा विमेन अफ द म्याच जहदाकी वन्दना राजवंशीले नटआउट २६ लरन र खुशी राजवंशीले नटआउट २१ रनको योगदान दिइन्।

तीन दिनसम्म संचालन हुने प्रतियोगितामा विराटनगर र मोरङको जहदा गाउँपालिका भित्र रहेका ६ वटा सामुदायिक विद्यालयका महिला खेलाडीहरूको सहभागी रहेको फाउण्डेशनका अध्यक्ष अविशेक श्रेष्ठ जानकारी दिए।

प्रकाशित: २० फाल्गुन २०७९ १२:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App