काठमाडाैं-एसियाली क्रिक्रेट परिषद् एसीसीले यसै महिना थाइल्याण्डमा हुने महिला एसिया कप २०१६ का लासग खेल तालिका सार्वजनिक गरेको छ।
एसीसी महिला एसिय कप २०१६ मा आयोजक थाइल्याण्डसहित नेपाल, भारत, बंगलादेश, पाकिस्तान र श्रीलङका गरी कुल ६ टिमले सहभागीता जनाउदै छन्।
एससीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले आफ्नो पहिलो खेल २६ नोभेम्बरमा पाकिस्तानसँग खेल्नेछ भने दोस्रो खेलमा नोभेम्बर २८ मा श्रीलङकाको सामना गर्दैछ। त्यस्तै नेपालले २९ मा बंगलादेश, डिसेम्बर १ मा थाइल्याण्ड र डिसेम्बर २ मा भारतको सामना गर्नेछ। प्रतियोगीता नोभेम्बर २६ देखि डिसेम्बर ४ सम्म थाइल्याण्डमा हुनेछ।
प्रकाशित: २० कार्तिक २०७३ ०७:३० शनिबार