१५ असार २०८१ शनिबार
image/svg+xml
खेल

पपुवा न्युगिनी विरुद्ध नेपाललाई आठौ सफलता, सोमपालको खातामा दोश्रो विकेट

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय श्रृखला अन्र्तग पपुवा न्युगिनी विरुद्ध नेपालले आठौ विकेट लिएको छ । नेपालका सोमपाल कामीले आठौ विकेट ४६ ओभर ३ बलमा लिएका हुन । यस अघि पपुवा न्युगिनी सातौ विकेट करन केसीले रन आउट गरे । पपुवा न्युगिनीको आठौ विकेट खस्दा १६२ रनको स्थीतमा रहेको छ । सातौ विकेट झर्दा  पपुवा न्युगिनी ४३ ओभर ३ बलम १४९ रनको स्थीतीमा थियो।  

नेपालका लागि दिपेन्द्रसिंह एैरीले पपुवा न्युगिनीका खेलाडीलार्य रनआउट गदै छैठौ विकेट दिलाएका हुन । छैठौ विकेट खस्दा पपुवा न्युगिनी ४१ ओभर ४ बलमा ६ विकेटको क्षतिमा १४७ रन थियो ।यस अघि नेपालका लागि पाँचौ विकेट दिपेन्द्रसिह एैरीले लिएका थिए।  

यसटस जितर पहिला ब्याटिङ रोजेको पपुवा न्यूगिनीको पहिलो विकेट १० ओभरमा ३ बलमा, दोश्रो विकेट १८ओभरमा ३ बलमा, ३ तेश्रो विकेट २१ ओभरमा ५ बलमा तथा चौथो विकेट २३ ओभरमा खसेको हो।  

नेपालका लागि पहिलो विकेट सन्दीप लामिछानेले , दोश्रो। विकेट कुसल मल्लको बलिङमा आरिफ शेखले रन आउट गरे । तेश्रो विकेट सोमपाल कामीले तथा चौथो विकेट कुसल मल्लले लिएका हुन । नेपाल ३० खेलमा १३ मा हार र १५ मा जितसहित २८ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ३० खेलमा ३ मा जित र २६ मा हारसहित ७ अंकका साथ पुछारमा छ । नेपाललाई शीर्ष तीनमा पर्दै सोझै एकदिवसीय विश्वकप छनोट खेल्न बाँकी सबै ६ खेल जित्नुपर्ने हुन्छ । शीर्ष पाँचमा रहँदै एकदिवसीय मान्यता सोझै प्राप्त गर्न नेपालले चार जित आवश्यक छ।

प्रकाशित: १९ फाल्गुन २०७९ ०९:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App