आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय श्रृखला अन्र्तग पपुवा न्युगिनी विरुद्ध नेपालले छैठौ विकेट लिएको छ । नेपालका लागि दिपेन्द्रसिंह एैरीले पपुवा न्युगिनीका खेलाडीलार्य रनआउट गदै छैठौ विकेट दिलाएका हुन । छैठौ विकेट खस्दा पपुवा न्युगिनी ४१ ओभर ४ बलमा ६ विकेटको क्षतिमा १४७ रन थियो ।
यस अघि नेपालका लागि पाँचौ विकेट दिपेन्द्रसिह एैरीले लिएका थिए ।
यसटस जितर पहिला ब्याटिङ रोजेको पपुवा न्यूगिनीको पहिलो विकेट १० ओभरमा ३ बलमा, दोश्रो विकेट १८ओभरमा ३ बलमा, ३ तेश्रो विकेट २१ ओभरमा ५ बलमा तथा चौथो विकेट २३ ओभरमा खसेको हो ।
नेपालका लागि पहिलो विकेट सन्दीप लामिछानेले , दोश्रो. विकेट कुसल मल्लको बलिङमा आरिफ शेखले रन आउट गरे । तेश्रो विकेट सोमपाल कामीले तथा चौथो विकेट कुसल मल्लले लिएका हुन ।
नेपाल ३० खेलमा १३ मा हार र १५ मा जितसहित २८ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ३० खेलमा ३ मा जित र २६ मा हारसहित ७ अंकका साथ पुछारमा छ । नेपाललाई शीर्ष तीनमा पर्दै सोझै एकदिवसीय विश्वकप छनोट खेल्न बाँकी सबै ६ खेल जित्नुपर्ने हुन्छ । शीर्ष पाँचमा रहँदै एकदिवसीय मान्यता सोझै प्राप्त गर्न नेपालले चार जित आवश्यक छ।
प्रकाशित: १९ फाल्गुन २०७९ ०८:५४ शुक्रबार