४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

फाइनलमा सातदोबाटो र मच्छिन्द्र

सातदोबाटो युथ क्लब र मच्छिन्द्र फुटबल क्लबले केपी ओली राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मीलाई पेनाल्टी सुटआउटमा ६–५ ले पराजित गर्दै सातदोबाटो युथ क्लबले फाइनलमा स्थान बनाउँदा अर्को खेलमा मच्छिन्द्रले आयोजक केपी ओली फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। सोमबार सम्पन्न दोस्रो सेमिफाइनल खेलअन्तर्गत मच्छिन्द्रले केपी ओली फुटबल क्लबलाई पराजित गरेर अन्तिम दुईमा स्थान पक्का गरेको हो। मच्छिन्द्रलाई जित दिलाउने क्रममा १९औं मिनेटमा विमल घर्तीमगरले गरेको गोल नै निर्णायक बनेको हो।  

यस्तै यसअघि भएको पहिलो सेमिफाइनलको निर्धारित समयमा आर्मी र सातदोबाटोबाट कुनै गोल हुन सकेन। पेनाल्टीमा सातदोबाटो सफल भएको हो। आइतबार वर्षाले प्रभावित यी दुई टोलीबीचको पहिलो सेमिफाइनल खेलको दोस्रो हाफ सोमबार पुनः खेलाइएको थियो। पेनाल्टीमा सातदोबाटोका सुदीप गुरुङ, अब्दुल अबुबकारी, एकराज बुढाथोकी, विलियम एसिडोउ, सुरज गुरुङ, पासाङ लामाले गोल गर्दा दीपकराज ठकुरीको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले बचाउ गरेका थिए। आर्मीका दिनेश हेन्जन, टेकबहादुर बुढाथोकी, सेसेहाङ आङदेम्बे, नवयुग श्रेष्ठ र दीपक गुरुङले गोल गरे। सुदिल राईको प्रहार सातदोबाटोका गोलकिपर अविशेक बरालले बचाउँदा विकास खवासको प्रहार क्रस बारमा लागेर बाहिरिएको थियो। प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ। 

प्रकाशित: १६ फाल्गुन २०७९ ०१:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App