६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

सन्दीपको निवेदनमा सुनुवाई सकियो,आजै आदेश आउने तयारी

क्रिकेटर सन्दीप लामिछानेकाे रिट निवेदनमा सुनुवाई सकिएको छ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा आज वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, अधिवक्ताहरु सरोजकृष्ण घिमिरे र रोशनी पौडेल घिमिरेले बहस गरेका थिए।

सुनुवाई सकिएसँगै आजै आदेश आउने सम्भावना रहेको छ।

लामिछानेको तर्फबाट सर्वोच्च अदालतमा आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्न यूएई जान पाउनु पर्ने मागको निवेदन परेको थियो। त्यस्तै सरकारी वकीलको लामिछानेलाई थुनामै राख्नु पर्ने माग गर्दै निवेदन दायर भएको थियो।

लामिछानेविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको अभियोग लागेको छ। उक्त आरोपमा उच्च अदालत पाटनले विदेश जान रोक लगाउँदै २० लाख धरौटीमा जेलमुक्त गरेको थियो। उनीविरूद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ।  

प्रकाशित: १५ फाल्गुन २०७९ ०९:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App