२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
खेल

कुवेतविरुद्ध नेपाल ब्याटिङ गर्दै

यूएईमा जारी आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा कुवेतविरुद्ध नेपालले ब्याटिङ गरिरहेको छ।

मालेक क्रिकेट ग्राउण्ड टुमा नेपालले टस जितेर सुरुमा ब्याटिङ गर्ने निर्णय लिएको हो।

पहिलो खेलमा सिंगापुरलाई पराजित गरेको नेपाल लगातार कुवेतविरुद्ध पनि जित निकाल्न चाहान्छ। पहिलो खेलमा हङकङसँग पराजित कुवेत नेपालमाथि जित निकाल्न चाहान्छ।

नेपाली टोली देव खनालको कप्तानीमा बुधबार युएई प्रस्थान गरेको थियो। टोलीको मुख्य प्रशिक्षकमा जगत टमटा रहेका छन्। प्रतियोगितामा आयोजक यूएईसहित नेपाल,सिंगापुर,कुवेत,हङकङ र मलेसियाको सहभागिता रहेको छ।  

राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकपका लागि छनोट हुनेछ।

प्रकाशित: १३ फाल्गुन २०७९ ०५:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App