१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

सिंगापुरविरुद्ध नेपाललाई पाँच विकेट हात लाग्यो,नेपाल जित तर्फ

आइसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट खेलमा नेपालले विरुद्धको खेल  जित्न २६२ रन पछ्याएको सिंगापुरपुरको पाँचौ विकेट झरेको छ । ताजस्थीतीमा  सिंगापुरले  ४३ ओभरको समाप्तीमा ५विकेटको क्षतीमा १२८ रन बनाएर खेली रहेको छ  ।  नेपालका लागि सुभाष भण्डारीले २ तथा विशाल विक्रम केसी र हेमन्त धामीले एक एक विकेट लिएका छन । एक जना व्याट्सम्यानलाई कप्तान देवखनालले रन आउट गरेका हुन । सिंगापुरले अझै खेल जित्न १३४ रन बनाउनु पर्ने छ तर उसको हातमा जम्मा ३२ बल ५ विकेट रहेको छ । यो स्थीतीतमा नेपाल जिततर्फ उन्मुख छ।  

यस अघि नेपालले युएईको इर्डेन गार्डेन्स मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारीत ५० ओभरमा ७ विकेट गुमाएर २६१ रन बनाएको हो ।

नेपालका लागि सबै भन्दा वढि आकाश त्रिपाठीले एक सय बलको सामना गरेर १ छक्का र  ७ चौक्का प्रहार गरी ७८ रन बनाए । त्यसैगरी विशाल विक्रम केसीले  ५४ बलमा २ छक्का र  ४ चौक्का संगै अविजित ६३ रन बनाए।

त्यसैगरी अर्जुन कुमालले ३७ रनको योगदान दिए । त्यसैगरी कप्तान देव खनालले २१, दिपक बोहोराले १७ र दिपक प्रसाद डुम्म्रेले १० रन बनाए ।सिंगापुरका लागि आर्यभिर चौधरी र अबुदय चाहजेरले दुई दुई विकेट लिए । त्यसैगरी आदित्य र महियुले एक एक विकेट लिए ।  

प्रकाशित: १२ फाल्गुन २०७९ १२:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App