१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

सूर्य नेपाल गल्फ टुर: उपाधि रक्षाको बाटोमा सुवास

पहिलो दिन खराब सुरुआत गरेका सुवास तामाङले सूर्य नेपाल गल्फ टुर २०२२/२३ को सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन बिहीबार उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थानमा उक्लिएका छन्। राष्ट्रिय टोलीका सदस्यसमेत रहेका सुवास बिहीबार ४ अन्डर ६५ को कार्ड बनाउँदै उपाधि रक्षातर्फ लम्किए। उनी ३६ होल सकिँदा एक अन्डर १ सय ३७ स्कोरमा छन्। उनले दोस्रो दिन आठौं होलमा बर्डी हिर्काउ्रँदै अघिल्लो नौ होल एक अन्डर ३३ मा खेले। ब्याक नाइनमा उनले अझ सुधार्दै तीन अन्डर ३२ मा टुंग्याएका थिए।  

उनलाई पछ्याउने क्रममा भुवन नगरकोटी लेभल पार १ सय ३८ मा छन्। दोस्रो दिन उनले दुई ओभर ७१ को कार्ड बनाएर टुंग्याउँदा दोस्रो स्थानमा झरेका हुन्। तेस्रो र पाँचौं होलमा बोगी खेपेपछि उनको दोस्रो दिनको खेल केही कमजोर हुन पुग्यो। यद्यपि ब्याक नाइनमा कमब्याक हुने क्रममा उनले लेभल पार ३५ खेल्दै सुधारे। उनी व्यावसायिक गल्फरमा शीर्ष स्थानमै छन्।  

पार ६९ को पोखर–१४ छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्समा भएको सूर्य नेपाल गल्फ टुरको दोस्रो दिन रामे मगर दोस्रो स्थानमा रहने क्रममा सञ्जय लामासँग एक ओभर १ सय ३९ को कार्डमा टाई छन्। रामे मगरले दोस्रो दिन सुधार्दै एक अन्डर ६८ कार्ड बनाए। उनले पहिलो दिन भने २ ओभर ७१ मा टुंग्याएका थिए। उनीसँगै सञ्जय लामाले पनि दोस्रो दिन लेभल पार खेल्दै १ सय ३९ को स्कोरमा छन्। बिहीबार २८ जनाले कट जोगाउने क्रममा २१ व्यावसायिक र ७ जना एमेच्यार खेलाडीले अन्तिम प्रतिस्पर्धा गर्नेछन्।  

शुक्रबहादुर राई र दलबहादुर राना चार ओभर १ सय ४२ को कार्ड लेख्दै समान चौथो स्थानमा छन्। राईले दोस्रो दिन लेभर पार ६९ खेले। अघिल्लो दिनमा चार ओभर ७३ को कार्ड बनाए पनि दोस्रो दिन उनले चार स्ट्रोक जोगाए। लामाले भने पहिलो दिन दुई र दोस्रो दिन पनि दुई ओभर १ सय ४२ खेल्दै चौथो स्थान बाँडे। जयराम श्रेष्ठ भने छैटौं स्थानमा रहने क्रममा ५ ओभर १४३ मा छन्। पहिलो दिन ६ ओभर खेल्दै खराब सुरुआत गरेका उनले दोस्रो दिन शालिन सट खेल्ने क्रममा एक अन्डर ६८ मा टुंग्याएका थिए। अर्का एमेच्योर खेलाडी सद्भाव आचार्यको प्रदर्शन भने लोभलाग्दो रहेन। आचार्यले पहिलो दिनभन्दा पनि खराब खेलेका छन्। अघिल्लो दिन दुई ओभर ७१ खेलेका उनले दोस्रो दिन ५ ओभर ७५ खेल्दै समग्रमा १४५ को कार्डमा छन्।  

भुवन रोकामगर र नेपाल आर्मी क्लबका धनबहादुर थापा समान सातौं स्थानमा रहने क्रममा ८ ओभर १ सय ४६ को कार्ड बनाई कट जोगाएका हुन्। उनीहरूसँगै पोखराका एमेच्योर खेलाडी प्रज्वल गुरुङ छन्। गुरुङले १ सय ४६ को स्कोरसहित प्रतिस्पर्धामा छन्। दीपक आचार्य नवौं स्थानमा रहने क्रममा ९ ओभर १४७ को स्कोर कार्डमा लेखाउन पुगे। पोखराकै अर्का एमेच्योर खेलाडी अजित विक पनि १४७ को स्कोरसहित अन्तिम प्रतिस्पर्धामा छन्।  

सूर्यप्रसाद शर्मा, दिनेश प्रजापति १० ओभर १४८ स्कोरसहित १०औं स्थानमा छन्। १२ औं स्थानमा रबि खड्का छन्। उनी १२ ओभर १५० मा छन्। त्यसै गरी ६ जना गल्फर १३औं स्थानमा टाई खेलेका छन्। उनीहरूमा शिवराम पौडेल, नीरज तामाङ, भूबहादुर गुरुङ, टंकबहादुर कार्की, कृष्णमान राजबाहक, कमल तामाङ छन्। प्रदीपकुमार लामाले १९औं, सविन सापकोटाले २०औं बलबहादुर राईले २१औं स्थानमा रहँदै कट जोगाए।

प्रकाशित: १२ फाल्गुन २०७९ ०१:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App