coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

आयोजक टिमलाई पेनाल्टी सुट आउटमा हराउँदै द हिलिङ होम एफसी फाइनलमा

आयोजक भक्तपुर युवा टिमलाई पेनाल्टी सुट आउटमा हराउँदै द हिलिङ होम एफसी भक्तपुरमा भइरहेको दोस्रो भक्तपुर कप–२०७९ खुला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्न सफल भएको छ। 

भक्तपुर युवा टिमको आयोजनामा भइरहेको बिहीबारको पहिलो सेमिफाइनलमा आयोजक भक्तपुर युवा टिम र द हिलिङ होम एफसीबीचको खेलको निर्धारित समयमा दुवै टिमबाट ३–३ गोलको बराबरी नतिजा भएको थियो। दुवै टिमबिच भएको पेनाल्टी सुट आउटमा द हिलिङ होम एफसीले भक्तपुर युवा टिमलाई २–४ गोलले पराजित गरी द हिलिङ होम एफसी फाइनल प्रवेश गरेको हो।

खेलबाट भक्तपुर युवा टिमका जर्सी नम्बर ४ का जान लिम्बु उदयीमान खेलाडी घोषित भए। जर्सी नम्बर ७ का अमित लामा उत्कृष्ट खेलाडी घोषित भए। 

त्यस्तै बिहीबार नै भएको दोस्रो सेमिफाइनल खेलबाट केदारनाथ सुटर्स फाइनल चरणमा प्रवेश गर्न सफल भएको छ। केदारनाथ सुटर्स र गोदावरी युनाइटेड एफसीलाई ३–१ गोलले पराजित गरी केदारनाथ सुटर्स फाइनलमा प्रवेश गरेको हो। 

खेलबाट केदारनाथ सुटर्सका जर्सी नं. ४ का सतिस सुवाल उत्कृष्ट खेलाडी र गोदावरी युनाइटेड एफसीका जर्सी नं. ८ का सम्राट लिम्बु उदयीमान घोषित भए।

२०७९ फागुन ५ गते शुक्रबारदेखि सुरू भएको दोस्रो भक्तपुर कप–२०७९ खुला फुटबल प्रतियोगिताको फाइनल खेल शनिबार हुने छ। खेलसँगै पुरस्कार वितरण तथा समापन समारोह पनि हुने छ। 

प्रतियोगिताको विजेताले नगद एक लाख पच्चीस हजारसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ। उपविजेताले नगद साठी हजारसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ। 

त्यसका साथै प्रतियोगिताबाट अनुशासित टिम र उत्कृष्ट खेलाडीलाई नगद दश हजार र ट्रफी प्राप्त गर्ने छ। प्रतियोगितका उत्कृष्ट मिडफेण्डर, डिफेण्डर, गोलकिपर, कोच र प्रतियोगिताको उदयीमान खेलाडीलाई नगद पाँच हजार र ट्रफी प्राप्त गर्ने छ। 

प्रतियोगिताका विजयी टिमहरूलाई पुरस्कार वितरण नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेंबाट गराउने कार्यक्रम तय गरिएको आयोजक टिमका अध्यक्ष केशब त्वानाबासूले दिए। प्रतियोगिता स्थानीय महेश्वरी खेल मैदानमा भइरहेको छ। 

प्रकाशित: ११ फाल्गुन २०७९ १३:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App