१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

अन्तरनगर पुरुष खो–खोको उपाधि ठाकुरबाबाको पोल्टामा

भक्तपुरमा भएको अन्तरनगर पुरुष खो खो प्रतियोगिताको उपाधि ठाकुरबाबा नगरपालिका बर्दियाको पोल्टामा परेको छ। मंगलबार भएको फाइनल खेलमा कीर्तिपुर नगरपालिकालाई हराई ठाकुरबाबा नगरपालिकाले उपाधि जितेको हो। उपाधिसँगै उसले एक लाख ५० हजार ९डेढ लाख० नगद पुरस्कारसहित ट्रफी पनि पाएको छ।

भक्तपुर नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा दोश्रो स्थान सुरक्षित गर्न सफल कीर्तिपुर नगरपालिकाले १ लाख नगद पुरस्कार पाएको छ। तेस्रो स्थानका लागि धनगढी उपमहानगरपालिका र आयोजक भक्तपुर नगरपालिका बि बिच प्रतिस्पर्धा भएको धनगढी उपमहानगरपालिकाले विजयी सुनिश्चित गरेको थियो। तेस्रो स्थान सुरक्षित गरी उसले ५० हजार नगद पुरस्कार प्राप्त गरेको छ।  

विजयी नगरपालिकाका टिमका साथै खेलाडीहरुलाई ट्रफीका साथ नगद पुरस्कार, पदक प्रदान गरिएको थियो। नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालले उनीहरुलाई पुरस्कार वितरण गरेका थिए। कार्यक्रमका सभापति एवं आयोजक भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खेलमा सहभागी नगरपालिकाहरूलाई मायाको चिनो र नगद ५ पाँच हजार पुरस्कार प्रदान गरे। 

प्रतियोगितामा देशभरका १३ वटा नगरपालिका टोलीहरु प्रतिस्पर्धामा रहेका थिए। ती नगरपालिकाहरूबाट १४ वटा टिमको सहभागिता रहेको कार्यक्रममा बताइयो। प्रतियोगिता फागुन ५ गतेदेखि ९ गतेसम्म भएको थियो। प्रतियोगिता स्थानीय शहीद स्मृति खेल मैदानमा भएको थियो। 

भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष अन्तर नगर खेलकुद प्रतियोगिता गर्दै आइरहेको छ। यस अन्तर्गत पहिलो वर्ष भलिबल, दोस्रो वर्ष कराँते, तेस्रो वर्ष एथलेटिक्स र चौथो वर्ष बुद्धिचाल प्रतियोगिता सफलताका साथ सम्पन्न गरेको थियो। त्यस अनुसार यो वर्ष खो खो प्रतियोगिता भएको हो।

पुरस्कार वितरण समारोहमा बागमती प्रदेशका सांसद सृजना सैंजु, आयोजक भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, कीर्तिपुर नगरपालिकाकी उपप्रमुख सुनिता शाक्य, भनपा वडा नं। १ का वडाध्यक्ष तथा युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्री, भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, भक्तपुर नगरपालिका खेलकुद समितिका सदस्य रामसुन्दर बासीलगायतले खेलकुदका विभिद् क्षेत्रबारे चर्चा गरेका थिए। 

प्रकाशित: ९ फाल्गुन २०७९ १२:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App