आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय श्रृखला अन्र्तगत आज स्कटल्याण्डविरुद्ध नेपालले पाँचौ विकेट लिएको छ ।
पाँचौ विकेट लिनेक्रममा नेपालका स्पीन बलर सन्दीप लामिछानेले स्कटल्याण्डका थोमसम्याकन्टसलाई १ रनमा आउट गरे । यस अघि सन्दीप लामिछानेले पहिलो दोश्रो र तेश्रो विकेट लिएर यस श्रृखलमा आफ्नो विकेट संख्या १३ पुराएका छन ।स्कटल्याड ताजास्थीतीमा २६ओभर पाँच विकेट गुमाएर १३३ रन बनाएर खेलीरहेको छ । चौथो विकेट कुसल मल्लले लिएका हुन ।
रिची बेरिंगटन क्रितिपुर क्रिकेट मैदानमा आज बिहान ९ बजे देखि शुरु भएको यो खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । यस श्रृखलामा नेपालले चारै खेलमा टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । पहिला बलिङ गरेको खेलमा प्राय विजयी भएको पाईएको छ ।
प्रकाशित: ९ फाल्गुन २०७९ ०५:०९ मंगलबार