coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

भक्तपुर कप फुटबलको उद्घाटन खेल आयोजक र बौद्ध एफसीबीच हुने

भक्तपुरमा फागुन ५ गते शुक्रबारबाट सुरु हुने दोस्रो भक्तपुर कप खुला फुटबल प्रतियोगिताको उदघाटन खेल आयोजक भक्तपुर युवा टिम भक्तपुर र बौद्ध  एफसी काठमाडौंबीच हुने भएको छ। सोमबार सार्वजनिक टाइसिट अनुसार पहिलो खेल आयोजक र बौद्ध एफसी परेको हो।

टाइसिट सार्वजनिक कार्यक्रममा भक्तपुर युवा टिमका अध्यक्ष केशव त्वानाबासुले प्रतियोगिताको तयारी पूरा भएको जनाए। तयारीको क्रममा अहिले खेल मैदानमा दैनिक पानी भर्ने काम भइरहेको उनले बताए।

प्रतियोगिता फागुन ५ गतेदेखि १३ गतेसम्म हुने छ। प्रतियोगिताका खेल महेश्वरी खेल मैदान भक्तपुरमा सञ्चालन गरिने छ। प्रतियोगिताको विजेताले १ लाख २५ हजार र उपविजेताले ६० हजार रुपैयाँ प्राप्त गर्ने छन्।

आयोजक टिमका संस्थापक अध्यक्ष विश्वराम कवांले प्रतियोगितालाई सफल बनाउन गत वर्ष जस्तै सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरे। अनुशाशन र स्वास्थको लागि खेलकुद भन्ने नाराका साथ भक्तपुर युवा टिम २०५० सालमा गठन भएको थियो। टिमले गतवर्ष २०७८ फागुन ६ देखि १४ सम्म खुल्ला भक्तपुर कप फुटबल प्रतियोगिताको आयोजना गरेको थियो।  

प्रकाशित: १ फाल्गुन २०७९ १३:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App