१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

आर्सनल र ब्रेन्टफोर्डले अंक बाँडे

इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले ब्रेन्टफोर्डसँग बराबरी खेल्दै अंक बाँडेको छ।

शनिबार राति घरेलु मैदान इमिरेट्स स्टेडियममा सम्पन्न खेलमा आर्सनलले ब्रेन्टफोर्डसँग १(१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो।

खेलको ६६ औं मिनेटमा लिन्द्रो ट्रोसार्डले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए। उक्त अग्रता आर्सनलले जोगाउन सकेन। ७४ औं मिनेटमा इभान टोनीले गोल गर्दै ब्रेन्टफोर्डलाई १(१ गोलको बराबरीमा ल्याएका हुन्।

यस बराबरीसँगै आर्सनल २१ खेलमा ५१ अंक जोड्दै शीर्ष स्थानमा यथावत छ। ब्रेन्टफोर्ड ३४ अंक जोडेर आठौं स्थानमा रहेको छ।

प्रकाशित: २९ माघ २०७९ ०२:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App