गोल्डेनपिक र सेबले दोस्रो भद्रकाली कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।
हात्तीगौडास्थित आयोजक भद्रकालीको कोर्टमा शनिबार सम्पन्न खेलमा सेबले ग्रिनल्यान्डलाई २९–२४ ले हराउँदै विजयी सुरुआत गर् यो। सेबका विकास डाँगीले स्र्वाधिक १५ स्कोर गरे। शनिबारकै अर्को खेलमा गोल्डेनपिकले एन्जल्स हार्टलाई ४६–३६ को स्कोरले स्तब्ध बनायो। गोल्डेनपिकका सुविन तामाङले सर्वाधिक सात स्कोर गरे। अर्को खेलमा स्कोलर्स होमले आयोजक भद्रकालीलाई २४–२० ले पन्छायो। यस्तै जुनियर ब्वाइजमा गोल्डेनपिक र स्किब्सले सुखद नतिजा निकाले। गोल्डेनपिकले बसुन्धारा नेसनल एकेडेमी (बिएनए) लाई १८–१४ ले हरायो। एन्जल्स हार्ट विरुद्धको खेलमा स्किब्स १२–१० ले विजयी भयो।
प्रकाशित: २९ माघ २०७९ ००:४१ आइतबार





