साफ यु २० महिला च्याम्पियनसिप फुटबलको फाइनल खेलमा नेपाललाई ३-० ले हराउँदै बंगलादेश विजयी भएको छ।
बंगलादेशको ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा बिहीबार भएको फाइनलमा नेपाल बंगलादेशसँग ३-० गोल अन्तरले पराजित भएको हो।
बंगलादेशका लागि शाहिदा अक्टर रिपा, शामसुनाहर जुनियर र उन्नोती खातुनले एक एक गोल गरे। बंगलादेशले खेलको पहिलो हाफमै २-० सुरुवाती अग्रता लिएको थियो।
प्रकाशित: २६ माघ २०७९ १३:४९ बिहीबार