८ वैशाख २०८१ शनिबार
खेल

अकी र आरभको जोडी सेमिफाइनलमा

नेपालका अकीजुवेन रावत र अमेरिकाका आरभसम्राट हाडाको जोडी आइटिएफ वर्ल्ड टेनिस टुर जे ६० काठमाडौं अन्तर्गत सर्किट १ को ब्वाइज डबल्समा बुधबार सेमिफाइनल प्रवेश गरेका छन्। नेपाल टेनिस संघको आयोजनामा सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भइरहेको प्रतियोगितामा अकी र आरभको जोडीले दक्षिण कोरियाका जियोम डो र वोन्मिन किमको जोडीलाई ६–३ र ६–१ को सोझो सेटमा पराजित गर्‍यो। भारतका स्मिट निलेशभाइ पटेल र देबाशिष साहु, हङकङका होङ क्यु लाउ र भारतका वंश नन्दल तथा भारतका सेहजसिंह पवार र प्रत्यशको जोडी पनि सेमिफाइनलमा पुगे।

गर्ल्स डबल्समा बेल्जियमकी क्यामिले फिसेट र हङकङकी लिङ छुन वोङ, थाइल्यान्डकी कान्छ्या छुङवातना र भारतकी अमोदिनी नायक, मंगोलियाका मरालगु चोक्सोम्जाभ र मार्ता चोक्सोम्जाभ तथा भारतका अनुष्का भोला र मेहक कपुरको जोडीले सेमिफाइनलमा स्थान बनाए।

यस्तै ब्वाइज सिंगल्समा भारतका देवाशिष साहु, हङकङका होङ क्यु लाउ, भारतका वंश नन्दल, भियतनामका फाम ला होङ, भारतका प्रत्यश, भियतनामका नक लाम काउ, ताइपेईका काइ इन याङ र भारतका सेहजसिंह पवारले क्वार्टर फाइनलमा स्थान सुरक्षित गरे।

महिला सिंगल्समा भारतकी साइ जान्भी, भारतकी तमन्ना तकोरिया, रूसकी मिलिना शुब्खानकुलोभा, बेल्जियमकी क्यामिले फिसेट, हङकङकी जान लिङ छुन वोङ, मंगोलियाका मरालगु चोक्सोम्जाभ र मार्ता चोक्सोम्जाभ तथा भारतकी सौम्य रोन्डे क्वार्टर फाइनलमा पुगे।

प्रकाशित: १९ माघ २०७९ ०१:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App