१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

क्यानको खेलाडी वर्गीकरण: ज्ञानेन्द्र मल्ल ‘बी’ ग्रेडमा, सन्दीप परेनन्

नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ वर्गीकरण सार्वजनिक भएको छ। मंगलबार क्यानको पोखरामा बसेको बोर्ड बैठकले राष्ट्रिय टोलीका खेलाडीहरूको वर्गीकरण गरेको हो।

यसअनुसार ग्रेड ए मा रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्र सिंह ऐरी र आशिफ शेख छन्। ग्रेड बीमा आरिफ शेख, कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल छन् भने कमल सिंह ऐरी, विनोद भण्डारी, गुल्सनकुमार झा, अर्जुन साउद, अविनाश बोहरा, ललितनारायण राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादवलाई ग्रेड सी मा राखिएको छ।

तर क्यानले पूर्वकप्तान सन्दीप लामिछानेलाई वर्गीकरणमा समेटेको छैन।

महिलातर्फ ग्रेड ए मा रुविना क्षेत्री, सिता रानामगर र इन्दु बर्मा छन् भने ग्रेड बी मा काजोल श्रेष्ठ, कविता कुँवर र अस्मिना कर्माचार्य छन्।

कविता जोशी, विन्दु रावल, सङ्गीता राई, ममता चौधरी, ज्योति पाण्डे र अप्सरी बेगमलाई ग्रेड सी मा राखिएको छ।

प्रकाशित: १८ माघ २०७९ ०८:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App