६ वैशाख २०८१ बिहीबार
खेल

सेभेन थ्री स्पोर्टसद्वारा सम्झौता रद्द

भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसले एकपक्षीय रूपमा नेपाल ट्वान्टी–२० लिगका लागि सम्झौता रद्द गरेको छ।

आठ वर्षका लागि नेपाल ट्वान्टी–२० लिगको कमर्सियल अधिकार किनेको सेभेन थ्री स्पोर्टसले मंगलबार नेपाल क्रिकेट संघ (क्यान) लाई पत्रचार गर्दै एकपक्षीय रूपमा सम्झौता रद्द गरेको जनाएको हो। क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लले सेभेन थ्री स्पोर्टसबाट सम्झौता रद्दको पत्र आएको जनाए। क्यानले आठ वर्षका लागि ३३ करोड रूपैयाँमा कमर्सियल अधिकार बचेको थियो। सम्झौताअनुरूप पहिलो वर्ष क्यानले तीन करोड ९० लाख रूपैयाँ पाउने उल्लेख छ। गत पुस ९ गतेदेखि २७ गतेसम्म पहिलो संस्करण सम्पन्न भएको थियो।

तर, स्पट फिक्सिङको आरोप लागेसँगै प्रतियोगिता जारी रहँदै नै भागेको सेभेन थ्री स्पोट्र्सले क्यानले सरकारसँग अनुमति लिन नसकेको आरोप लगाउँदै एकपक्षीय रूपमा सम्झौता रद्द गरेको जनाएको हो। सरकारसँग अनुमति लिए क्यानसँगको सम्झौता अगाडि बढ्नेसमेत भारतीय कम्पनीले उल्लेख गरेको छ।

सम्झौता अनुसार पहिलो वर्ष दिनुपर्ने रकममध्ये सेभेन थ्री स्पोट्र्स एक करोड २० लाख रूपैयाँ दिइसकेको छ। प्रतियोगिता सकिँदासम्म पुरस्कार र सम्झौताका बाँकी रकम दिनुको सट्टा भारतीय कम्पनीले उल्टै यसअघि भुक्तानी गरेको रकम फिर्ता गर्न धम्की दिएको छ। प्रतियोगिताका दौरान खेलाडीले पारिश्रमिक नपाएको र स्पट फिक्सिङ भएको लगायतका विवाद बाहिर आएका थिए।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले फिक्सिङमा १० जना संलग्न रहेको बताएको छ। सिआइबीले दुई नेपाली खेलाडी पक्राउ पनि गरेको छ।

प्रकाशित: १८ माघ २०७९ ०१:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App