coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

क्यान बैठकः कार्यसम्पादन समितिको राजीनामा माग, सन्दीपबारे छलफल हुनै पाएन

नेपाल क्रिकेट संघ(क्यान)को पोखरामा बोर्ड बैठक ढिलो गरी शुरु भएको छ। बोर्ड बैठक शुरु हुँदा असन्तुष्ट पक्षले नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा खेलाडीहरु मुछिएपछि कार्यसम्पादन समितिको राजीनामा मागेका छन्।

बोर्ड बैठक शुरु हुनु अघि नै असन्तुष्ट पक्षले नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दलाई मंगलबार राजीनामा माग गर्दै ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्र बुझाउँदै असन्तुष्ट पक्षका क्यान सदस्य छुम्बी लामाले कार्यसम्पादन समितिले गैर जिम्मेवारी निर्णय गरेको भन्दै राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरे।

 ‘नेपाल टी–२० लिग आयोजना पछि अध्यक्षले कमिकमजोरी भएको भन्दै गल्ती स्वीकार गरिसकेका छन्,’ लामाले भने–‘गल्ती स्वीकार गरिसकेको अवस्थामा अध्यक्षसहित कार्यसम्पादन समितिले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ। हाम्रो माग त्यही हो।’ कार्यसम्पादन समितिको राजीनामा मागेपछि क्यानको बोर्ड बैठक अबेर गरी शुरु भएको हो।

कार्यसम्पादन समितिमा अध्यक्ष चतुरबहादुर चन्द, कार्यबहाक सचिव प्रशान्त विक्रम मल्ल, कोषाध्यक्ष रोशन सिंह, तथा सदस्य दुर्गाराज पाठक र पदक खड्काको राजीनामा मागेका छन्। नेपाल टी–२० लिग सञ्चालनको समयमा गठन गरिएको गर्भनिङ काउन्सिलका तीन सदस्यको समेत राजीनामा मागिएको ज्ञापन पत्रमा उल्लेख गरिएको लामाले जनाए।

निलम्बनमा परेका पूर्व कप्तान सन्दीप लामिछानेलाई नेपाली टोलीमा फर्काउने बारेमा बोर्डको छलफलको एजेन्डामा छ। तर, असन्तुष्ट पक्षले राजीनामा मागेका कारण लामिछाने लगायतका एजेन्डामाथि छलफल हुन सकेको छैन।

प्रकाशित: १७ माघ २०७९ १०:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App