साउदी अरेबीया क्लब अल नासर र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) साउदी अरेबियामा मैत्रीपूर्ण खेल खेल्दैछ।
आज हुने खेलमा अल नासरका क्रिस्टियानो रोनाल्डो र पीएसजीका लियोनल मेस्सी आमने सामने हुनेछन्। जसका लागि पीएसजीको टोली साउदी अरेयिबा पुगीसकेका छन्। खेल नेपाली समयअनुसार १०ः४५ बजे सुरु हुनेछ।
रोनाल्डो गत महिना मात्र अल नासरमा दुई वर्षको लागि किर्तिमानी मुल्यमा अनुबन्धित भएका हुन्। आजको खेलमा रोनाल्डोले कप्तानीको भूमिकासँगै अल नासरमा डेब्यु पनि गर्ने छन्।
प्रकाशित: ५ माघ २०७९ १२:०० बिहीबार





