बंगबन्धु एशियन यु–२३ सेन्ट्रल एशियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले आज आयोजक बंगलादेशसँग प्रतिष्पर्धा गर्दैछ।
ढाकामा हुने नेपाल र बंगलादेशबीचको पहिलो सेमिफाइनल खेल दिउँसो २ः४५ बजे शुरु हुनेछ। नेपाल र बंगलादेश एकअर्कालाई हराएर फाइनल पुग्ने योजनामा छन्। बंगलादेश लिग चरणमा शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुगेको हो।
बंगलादेशले लिग चरणको तीन खेलमै जित निकालेको थियो। नेपालले भने तीन खेलमै हार व्यहोरेको थियो। तर, प्रतियोगितामा चार टोलीको सहभागिता भएकाले चारै टोलीले सेमिफाइनलमा स्थान बनाएका हुन्। लिग चरणको पहिलो खेलमा बंगलादेशले नेपाललाई ३–० को सोझो सेटमा हराएको थियो।
प्रकाशित: १० पुस २०७९ ०४:१३ आइतबार





