१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

विश्वकपमा महिला रेफ्रीलाई अवसर दिन माग

कतार विश्वकप २०२२ ले महिला रेफ्रीले पनि पुरुष विश्वकप फुटबल सहज रूपमै सञ्चालन गर्न सक्छन् भन्ने प्रमाणित गरिसकेको छ। साथै यसले महिला रेफ्रीलाई पनि निरन्तर अवसर प्रदान गर्नुपर्ने आवाज उठ्न थालेको छ।  

जापानकी योसुमी यामासितासहित तीन महिला रेफ्री कतार विश्वकपका लागि छनोट भएका ३६ रेफ्रीभित्र पर्न सफल भएका थिए। यामासिताले कुनै खेल खेलाउने अवसर त पाइनन् तर उनले समूहचरणको ६ खेलमा फोर्थ अफिसियलको भूमिका निर्वाह गरिन्।

समूह ‘ई’ अन्तर्गत जर्मनी र कोस्टारिकाबीचको खेल सञ्चालन गर्दै स्टेफानी फ्रापर्ट पुरुष विश्वकपमा खेल खेलाउने विश्वकै पहिलो महिला रेफ्री बनेकी थिइन्। उनलाई ब्राजिलकी निउजा ब्लाक र मेक्सिकोकी कारेन डियाज मेडिनाले सहायक रेफ्रीका रूपमा साथ दिएका थिए।

यामासिता कतार विश्वकप २०२२ मा महिला रेफ्रीहरूलाई पनि अवसर दिनुपर्छ भन्ने ठूलो माध्यम बनेको बताउँछिन्।

‘आगामी दिनमा महिला रेफ्रीहरूले पनि अवसर पाउने प्रबल सम्भावना देखिएको छ र कतार विश्वकप हामीहरूका लागि आफ्नो क्षमता प्रमाणित गर्ने अवसर बन्यो,’ उनले भनिन्, ‘कतारमा मात्र अवसर मिल्ने र आगामी प्रतियोगिताहरूमा हामीलाई कुनै भूमिका नै नदिने हो भने अहिलेको उपलब्धि अर्थहीन हुन्छ।’  

यामासिताले यसअघि जापानको जे लिगमा खेल सञ्चालन गर्नुका साथै एसियन च्याम्पियन्स लिग सञ्चालन गर्ने पहिलो महिला रेफ्री बनेकी थिइन्।

प्रकाशित: १ पुस २०७९ ०२:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App