कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत क्वाटरफाइनल खेलमा नेदरल्याण्ड्सलाई पेनाल्टीसुट आउटमा हराएर अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
शुक्रबार राति भएको दोस्रो क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम चारमा पुगेको हो। अब अर्जेन्टिनाले फाइनल प्रवेशका लागि क्रोएसियासँग खेल्नेछ।
प्रकाशित: २३ मंसिर २०७९ २२:०१ शुक्रबार