१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

स्पेनिस प्रशिक्षक लुइस एनरिक बर्खास्त

स्पेनको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक लुइस एनरिक बर्खास्त भएका छन्। विश्वकपको नकआउट चरणबाट बाहिरिएको दुई दिनपछि स्पेनिस फुटबल संघले टोलीका मुख्य प्रशिक्षक लुइस एनरिकलाई बर्खास्त गरेको हो।

संघले निकालेको बिज्ञप्तिमा भनेको छ, ‘लुइस एनरिक र उनको प्रशिक्षण टिमलाई हामी धन्यवाद भन्छौं।’

सन् २०१८ देखि स्पेनिस टोलीको नेतृत्व गरिरहेका ५२ वर्षका उनले २०२० को युरो कपमा टोलीलाई सेमिफाइनलसम्म पुर्‍याएका थिए।

स्पेनिस फुटबल संघले लुइस एनरिक र उनको कोचिङ टिमलाई धन्यवाद दिएको छ। जारी विश्वकपमा भने स्पेन जापानसँग अप्रत्यासित हारपछि समूह उपविजेताका रुपमा नकआउट चरणमा पुगेको थियो।

तर मंगलबार मोरक्कोसँग अप्रत्यासित रुपमा पेनाल्टी सुटआउटमा पराजित भएर अन्तिम १६ बाटै बाहिरिएपछि एनरिकमाथि दबाब परेको थियो।

प्रकाशित: २२ मंसिर २०७९ १३:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App