४ वैशाख २०८१ मंगलबार
खेल

आइसिसी विश्वकप लिग–२ क्रिकेटमा स्कटल्याण्ड विरुद्व नेपाल पराजित

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय श्रृखला अन्र्तगत आज भएको खेलमा नेपाल स्कटल्याण्डलाई संग ८ विकेटले पराजित भएको छ।  

जितको लागि जम्मा १२० रनको सामान्य लक्ष्य पछ्याएको स्कटल्याण्डले   १७ ओभरमा १७ विकेट गुमाएर विजय लक्ष्य पुरा गर्योे ।स्कटल्याण्डको जितका लागि  क्रिस्टोफर म्याकब्राईडले आउट नभई ४० बलमा ७ चौक्का संगै ४६ रनको योगदान दिए । त्यसैगरी जर्ज मुन्सेले २८ बलमा २ छक्का र ७ चौक्कासंगै ४५ रन बनाए। उनलाई नेपालका दिपेन्द्र सिंह एैरीले एलबीडब्लु आउट गरेका हुन । त्यसैगरी शुरुवाती ब्याट्सम्यान क्ले कोइजरलाई १६ रनमा नेपाली बलर गुल्सन झा  एलबीडब्लु आउट गरे ।यस अघि नामिबियाको युनाईटेड क्रिकेट मैदानमा भएको  यो खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ३५ दशमलब ३ ओभरमा ११९ रन बनाउँदा सबै विकेट गुमाएको  थियो ।  

नेपालका शुरुवाती ब्याट्सम्यान  अर्जुन साउद सुन्य रनमा तथा आसिफ सेख १ रन बनाएर आउट भए।अर्जुन पहिलो ओभरको तेस्रो बलमा तथा आसिफ तेस्रो ओभरको पहिलो बलमा आउट भए पछि नेपाल संकट पर्यो ।पछि कप्तान रोहित पौडेलले सबै भन्दा वढि ४७ रन बनाएर लयमा फर्किए पनि  नेपालकाअन्य ब्याट्सम्यानले रन बनाउन नसक्दा नेपाल ५० ओभरको पुरा खेलनै खेल्न नसकेर ३५ दशमलब ३ ओभरमा अल आउट हुन पुग्यो। एक समय  १४ दशमलब १ ओभरमा ५ विकेटको नोक्सानीमा जम्मा ७३ रनमै समेटिएको थियो ।  नेपालका लागि सोमपाल कामीले १६ दिपेन्द्र सिंह एैरीले १९, ज्ञानेन्द्र मल्लले ९  रन बनाए ।ललित राजबंशी ११, आरिफ सेख ६ गुल्सन झा ५ तथा हरि शंकर शाह १ रनमा आउट भए।नेपाललाई सस्तैमा रोक्न स्कटल्याण्डका ब्रान्डन म्याककुलन , साफयान सरिफ रन  मार्क वाट दुई दुई विकेट लिए।त्यसैगरी क्रिस सोल, क्रिस्टोफर म्याकब्राईड र क्रिस ग्रेभ्सले एक एक विकेट लिए । जितको लागि १२० को सामान्य लक्ष्य पछ्याएको स्कटल्याण्डले ब्याटिङ सुरु गरी सकेको छ। यस अघि हिजो नेपाल आयोजक नामिबियासंग ८६ रनले पराजित भएको थियो ।यस श्रृखलमा  नेपालले यो अन्तिम खेल हो। नेपालले यस अघि खेलेका  तीन खेलमा  दुईमा हार र एकमा बराबरीको नतिजा निकालेको छ।

प्रकाशित: २२ मंसिर २०७९ १३:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App