१५ चैत्र २०८० बिहीबार
खेल

कतार विश्वकप: अन्तिम १६ का खेलहरु सकिए

फिफा विश्वकप २०२२ को अन्तिम १६ का खेलहरु सकिएको छ। गए राति स्पेन र मोरक्को तथा स्वीट्जरल्याण्ड र पोर्चुगलबिचको खेल सकिएपछि अन्तिम १६ का खेलहरु सकिएको हो।  यी खेलहरु सकिएसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो।

कतार विश्वकपमा साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, मोरक्को र पोर्चुगलले अन्तिम आठमा स्थान बनाएका छन्।

मध्यराति भएको खेलमा स्वीट्जरल्याण्डलाई ६–१ गोलको अन्तरले पराजित गर्दै पोर्चुगल क्वाटरफाइनल पुग्ने अन्तिम टिम बनेको हो। अब पहिलो क्वाटरफाइनलमा ब्राजिल र क्रोएसियाबीच शुक्रबार प्रतिस्पर्धा हुनेछ। दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ। यी दुई खेलको विजेता सेमिफाइनलमा भिड्नेछन्।

यस्तै तेस्रो क्वाटरफाइनलमा पोर्चुगल र मोरक्को तथा अन्तिम क्वाटरफाइनलमा फ्रान्स र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुनेछ। यी दुईको विजेताले दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन्। क्वाटरफाइनल खेल मंसिर २३ र २४ गते हुनेछ।

प्रकाशित: २१ मंसिर २०७९ ०७:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App